काठमाण्डौ नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ।सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने महासंघको भनाइ रहेको छ।महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गरेर अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको उल्लेख गर्नु भएको छ।‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघले सरकार र संसदलाई आग्रह समेत गरेको छ।
बिज्ञेप्तीमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ पनि महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ,’ भनिएको छ। यसै गरी प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य दिनेश पराजुली विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।आफ्नो विषयमा समाचार लेखेको आधारमा जनमत पार्टीका एक नेताले ्पत्रकार पराजुली विरुद्ध सप्तरीस्थित कंचनपुर इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोे महासंघ सप्तरी शाखाले जनाएको छ ।समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रवाधान रहेकामा त्यसलाई छलेर प्रहरी समक्ष उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध हुन जाने महासंघको ठहर छ ।
अतः प्रेसको संवैधानिक अधिकारको ख्याल गरी यस्ता कार्य नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन महासघले बिज्ञेप्ती द्धारा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
