सम्पर्क

ब्रेकिङ न्युज १

मेलम्चीमा होमस्टे अभिमुखीकरण कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा होमस्टे अभिमुखीकरण कार्यक्रम भएको छ । बिशेषगरी आवन्तुक पाहुनाहरुलाई कसरी सम्मान गर्ने, सम्मानीत तरिकाले कसरी बसाउँने भन्ने बिषयमा केन्द्रीत रहेर दिइएको तालिम बिहिबार समापन भएको छ । स्किल डेभलपमेन्ट एण्ड भोकेसनल ट्रेनिङ एकेडेमीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा होटल मेलम्ची क्याफे इनमा ५ दिने होमस्टे (घरवास) अभिमुखिकरण तथा आतिथ्यता तालिम मेलम्चीमा सम्पन्न भएको हो । तालिमको समापन गर्दै नगर प्रमुख आइतमान तामाङले तालिमबाट धेरैकुराहरु फाइदा पुगेको आफुलाई विश्वास लागेको बताउनुभयो । उहाँले अतिथि सत्कार र सम्मान गर्ने कलाको नयाँपन आउनेमा आफु आशावादि लागेको समेत बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना भएको मेलम्चीमा पर्यटन प्रबर्द्धन गरि आयआर्जनसँग जोड्न सके फाइदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले होमस्टे स्थापनाका लागी ...

स्वास्थ्य मन्त्री बस्नेतद्वारा केयूको योग तथा प्राकृतिक चिकित्सालय उद्घाटन

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबिच उद्घाटन समेत गगर्नुभएको छ । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो । केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल विइङ) को पढाई पनि सुरु गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाई प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताउनुभयो । हरेक वर्ष उपचार सेवा महंगो हुदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठ...

जुगलले पालिका सिप लाइ पालिकामै लगाउँने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको व्यवस्थागर्न जनशक्ती उत्पादनमा लागेको छ । खाशगर िजेगल गाँउपालिकाले स्थानीय पालिका भित्र रहेका हरेक सिप भएका नागरिकलाइ पालिकामै रोजगारको पहलिो प्रथमिकता राद्यन पर्ने भन्दै गाउँपालिकाले बिभिन्न कार्यक्रम राखेको छ ।    गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवो उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ एक जुट भएर लागी पर्नु भएकोछ । गाउँपालिका अध्यक्ष रेशम स्याङवो उपाध्उक्ष हिमाल श्रेष्ठ लगाएतको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका ४ र जुगल हिमनदी र जुगल याङ्ग्री हिमचुलीको बिचमा रहेको १ हिमचुली गरी जम्मा ५ पाँच हिमचुलीको नामाकरण गरी आरोहणका लागि खुला गर्ने , पालिकामा सञ्चालीत हरेक आयोजना हाइड्रेपावर लगाएतका आयोजनाहरमा स्थानीय पालिकाका नागरिकलाइ रोजगारको पहीलो अबश...

इन्द्रावतीको चारकरोड किन र कस्को कमजोरीका कारण काटियो ?

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाल सरकार संघ र प्रदेसले आर्थीक बर्ष २०८०,८१को बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटहरुमा स्थानीय सरकारले सिफारिस गरिएका बजेट समाबेश नभएको र नियमित आइरहेको अनुदान समेत नआएको भन्दै सामाजीक सञ्जाल मार्फत आक्रोस ब्यक्त गर्ने काम दिनदिनै बढ्दै छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले वडा कार्यलय हुँदै नगरपालिकाबाट समेत निर्णय गराएर पठाएका योजना नपरेको गुनासो पोखे लगत्तै इन्द्रावती गाँउपालिकाको चार करोड हराएको गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका शशीनाथ आचार्यले बताउँनु भएको छ। त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८मा पनी सिफारिस भएको बजेट नपरेकोमा गुनासो आएको छ। एता इन्द्रावती गाँउपलिकाका प्रबक्ता ले आफ्नो सामाजिक सञ्जाल मार्फत चारकरोड कसले कारणले काटीयो भन्दै प्रश्न गर्नु भएको छ उँहाले इन्द्रावती फेसबुकमा दोहोरी गाउँने मन थिएन तापनि स्पष्टता आ...

कृषी र पशुपालनबाट समृद्ध बन्दै चौतारा

कृषि, ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी / चौतारा नेपाल कृषिप्रधान मुलुक भए पनि बर्सेनि अर्बाैं रुपैयाँको खाद्यान्न, फलफूल, माछामासु र तरकारी आयात भइरहेको छ । तीनै तहका सरकारले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेपनि कृषिक्षेत्र अझै पनि व्यावसायिक हुन् सकिरहेको छैन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने कृषि र पशुपालनमा बजेट बढाएर कृषकलाई अनुदान दिँदा नगर अहिले कृषि र पशुपालनबाट समृद्ध बन्ने लयमा पुगेको छ । कृषककै लागि भनेर नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । कृषि र पशुपालन क्षेत्रमा नगरले गरेको महत्वपूर्ण काम भनेको उन्नत जातका बिउबिजन वितरण तथा कृषकलाई तालिम दिनु हो । नगर कृषिमा यन्त्रीकरण गर्न सफल भएको नगरपालिकाको उपप्रमुख सिता थापाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले नगरमै बोलाएर ५६ जना कृषकहरुलाई ट्याक्टर तथा अन्य कृषि समाग्री वितरण गरेको छ । कृषि शाखा प्रमुख रामहरी दाहालका...

सिन्धु काँग्रेसको पुर्ब सभापती अस्पताल भर्ना

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका पूर्वसभापति विकास लामा अण्डकोषमा इन्फेक्सन देखिएकाले अस्पताल भर्ना हुनुभएको छ । बिगत लामो समयदेखि अस्वस्थ रहँनु भएका नेपाली काँग्रेसका नेता लामा वीर अस्पतालको आईसियुमा उपचाररत रहनु भएको छ । लामाको अण्डकोषमा इन्फेक्सन देखिएकाले शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।यसअघि छाला रोगबाट पीडितको थाइल्याण्डमा उपचार गरिएको थियो । नेपाली काँग्रेस सिन्धु पाल्चोकका जिल्ला सभापती जगं बहादुर लामा २ नं क्षेत्रीय सभापती आइतमान तामाग लगाएतले उँहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।  ...

ट्राफीक प्रहरी सिन्धुपाल्चोकमा जेष्ठको राजस्व १८९२५००

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला ट्रफिक प्रहरी कार्यलय सिन्धुपाल्चोक अँधेरीले जेष्ठ महीनामा मात्रै अठार लाख बयानब्बे हजार पाँच शय रुपैया राजस्व उठाएको छ । कार्यलयको सुचना अनुसार २०७९साल असार देखी हाल सम्मको जरिवाना रकमबाट उठेको रकम मध्य सबै भन्दा बढी २०८०साल जेष्ठ महीनामा १८९२५००। रहेको छ भने सबै भन्दा कम २०७९साल श्रावण महीनामा छैसठी हजार पाँच शय रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम आचार्यले यस बर्ष कार्यलयबाट एक करोड भन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको बताउँनु भयो । जेष्ठ मसान्त सम्ममा मुख्य राजमार्गमा जटील दुर्घटना नभएको भएता पनी ग्रामीण सडकमा भएको दुर्घटना बाट ९जनाले ज्यान गुमाएका छन भने साना ठुला गरेर ४४वटा सवारी साधन दुर्घटनामा परेका छन ।...

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ब्रेकिङ न्युज १, समाचार
विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले नयाँ गति लिएको हुन्थ्यो । तर, प्राकृतिक विपत्तिका अगाडि केही लागेन । निर्माण सम्पन्न भइसकेको आयोजना पर धकेलियो । जसले बर्षाको समयमा पानी बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरुप गत वर्ष जस्तै यसवर्ष पनि बर्खामा पानी पठाउने कि नपठाउने भन्नेमा मेलम्ची खानेपानी विकास समितिले अझै निर्णय लिन सकेको छैन । मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ । सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो । टोली...

कफी पकेट क्षेत्र बनाउँन नगरपालिका तयार

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।      जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो । यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै प...

बागमती प्रदेशको बजेट २०बर्षेगाडीलाइ ९०प्रतिशत छुट

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत् विभिन्न करको दर हेरफेर गरेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले महिला, दलित समुदाय, अपाङ्गता भएको व्यक्ति, अल्पसंख्यक र लोपोन्मुख समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेसन गर्न चाहेमा फर्म दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ । बागमती प्रदेशका यातायात ब्यवस्था कार्यालयहरूमा दर्ता भएर २० वर्ष पुरा भएका कारण सञ्चालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारी साधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।बागमती प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा स्थापना गर्न काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका क्षेत्र बाहेक प्रदेशका अन्य स्थानमा उत्पादनमूलक उद्योग...