सम्पर्क

डुडुवाको सार्बजनिक सुनुवाई सम्पन्न

माधब कार्की,नेपालगञ्ज डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् ।
२५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पालिका भित्रको खानेपानी योजनाको अलपत्रताको बारेमा, पालिका भित्रका सडक ग्राभेल गर्नुपर्ने लगायतका बारेमा, वडा नम्बर ५ को स्वास्थ्य चौकीमा ल्याव कर्मचारीको समस्या भएको, पालिकाहरुबाट प्रवाह हुने सुचनाहरु नागरिकहरु सामु नपुग्ने गरेको र वडा नम्बर १ को हिरमिनियाको खडैचा टोलको सडकको अबस्था लगायतका गुनासोहरु कार्यक्रममा उपस्थित सहभागीहरुले प्रश्ण उठाएका थिए ।३ घण्टा सम्म चलेको खुल्ला छलफलमा उठेका प्रश्नहरुको जवाफ कार्यक्रमका प्रमुख सरोकारवाला ब्यक्ति पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिएका थिए ।बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।