सम्पर्क

जुगलले पालिका सिप लाइ पालिकामै लगाउँने

सिन्धु पाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको व्यवस्थागर्न जनशक्ती उत्पादनमा लागेको छ । खाशगर िजेगल गाँउपालिकाले स्थानीय पालिका भित्र रहेका हरेक सिप भएका नागरिकलाइ पालिकामै रोजगारको पहलिो प्रथमिकता राद्यन पर्ने भन्दै गाउँपालिकाले बिभिन्न कार्यक्रम राखेको छ ।    गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवो उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ एक जुट भएर लागी पर्नु भएकोछ । गाउँपालिका अध्यक्ष रेशम स्याङवो उपाध्उक्ष हिमाल श्रेष्ठ लगाएतको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका ४ र जुगल हिमनदी र जुगल याङ्ग्री हिमचुलीको बिचमा रहेको १ हिमचुली गरी जम्मा ५ पाँच हिमचुलीको नामाकरण गरी आरोहणका लागि खुला गर्ने , पालिकामा सञ्चालीत हरेक आयोजना हाइड्रेपावर लगाएतका आयोजनाहरमा स्थानीय पालिकाका नागरिकलाइ रोजगारको पहीलो अबशर दिने लगाएतका जनमुखी काम गरेर लोकप्रिय बन्दै गर्दा फेरी अर्काे लोकप्रिय काम गरिएको छ । जुगल गाँउपालिकाको आफ्रनै आयोजनामामा हालै मात्र पालिका बासीलाइ ३ महिने ईलेक्ट्रीसियन तालिमदिएर पालिकामानै ईलेक्ट्रीसियनहरुको उत्पादन गरेको छ । तालीमको प्रमाण पत्र प्रदान तथा समापन गर्दै पालिका अध्यक्ष रेशम स्याङवो ले पालिका भित्रको सिप र जाँगरलाइ पालिकामा नै खपत गराउँने आफ्नो योजना रहेको ले यस्ता तालमिहरुको आबश्यकता महशुस गरी तालिमको आयोजना गरिएको बताउानु भयो । कायृक्रममा उपाभ्यक्ष हिमाल श्रेष्ठले सिप सिकेर मात्र हँदैन सिकेको सिपर कलालाइ व्यबहारमा उतारेर काम गर्न पर्छ त्यसका लागी पलिका सँधै श्रमिकको पक्षमा रहेको बताउँनु भयो । कार्यक्रममा गाउँपालिकाकर्मचारी , वडाध्यक्ष लगायत प्रशिक्षक तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो भने २०७९।१२।०३ गतेदेखि २०८०।०३।०५ गतेसम्म तालीम सम्पन्न भएको थियो ।