सम्पर्क

इन्द्रावतीको चारकरोड किन र कस्को कमजोरीका कारण काटियो ?

 

नेपाल सरकार संघ र प्रदेसले आर्थीक बर्ष २०८०,८१को बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटहरुमा स्थानीय सरकारले सिफारिस गरिएका बजेट समाबेश नभएको र नियमित आइरहेको अनुदान समेत नआएको भन्दै सामाजीक सञ्जाल मार्फत आक्रोस ब्यक्त गर्ने काम दिनदिनै बढ्दै छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले वडा कार्यलय हुँदै नगरपालिकाबाट समेत निर्णय गराएर पठाएका योजना नपरेको गुनासो पोखे लगत्तै इन्द्रावती गाँउपालिकाको चार करोड हराएको गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका शशीनाथ आचार्यले बताउँनु भएको छ। त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८मा पनी सिफारिस भएको बजेट नपरेकोमा गुनासो आएको छ। एता इन्द्रावती गाँउपलिकाका प्रबक्ता ले आफ्नो सामाजिक सञ्जाल मार्फत चारकरोड कसले कारणले काटीयो भन्दै प्रश्न गर्नु भएको छ उँहाले इन्द्रावती फेसबुकमा दोहोरी गाउँने मन थिएन तापनि स्पष्टता आवश्यक देखियो भन्दै
१.गाउँपालिकाको स्थापना कालदेखि चालु आ व सम्म बर्सेनि पाउँदै आएको प्रदेश समपुरक र प्रदेश विशेषका योजना ईन्द्रावती गाउँपालिकाले नपाएको कुरा सत्य हो । मैले यसअघि को कस्को कमजोरीका कारण यस्तो भयो भनेर प्रश्न सम्म उठाएको हुँ । त्यसको जवाफ वाग्मती प्रदेश सरकारको जिम्मेवार ठाउँमा प्रतिनिधित्व गर्ने साथीहरूले सुरुमा काटिएको छैन भ्रम फैलाईस् शीर्षकसम्म छुटेको र अर्थ मामिला मन्त्रालयले कमजोरी गरेछ भनेर लेख्नुभएको थियोे । प्रदेशको वित्तीय हस्तान्तरणको सारांश ईन्द्रावतीलाई रातो कलमले अण्डरलाइन गरेर पठाएको हुँ । जहाँ प्रदेश विशेष र प्रदेश समपुरक शीर्षकमा ० बजेट प्रष्ट उल्लेख थियोे ।
२. ईन्द्रावती गाउँ कार्यपालिकाको असार ३ गते बसेको बैठकमा मैंले यो विषय जिम्मेवारी पुर्वक उठाएको थिएँ । हाम्रै क्षेत्रका त्यो पनि संघ र प्रदेश दुबैका माननीय ज्युहरु मन्त्री हुनुहुन्छ । यस्तो बेलामा पालिकाले पाउँदै आएको ३÷३ करोड समपुरक र झण्डै १ करोड विशेष अनुदानका योजना कटौती हुनु दुः ख को र ज्यादै गम्भीर कुरा हो, विषयलाई सामान्य नठानौं, सम्बन्धित निकायबाट जानकारी माग्ने र ध्यानाकर्षण गराउने निर्णय गरौं । उक्त बैठकमा मैले यही विषय जोडदार रुपमा उठाएको कुरा छिपाउनु जरुरी छैन ।
३. अहिले फेरि पालिकाले प्रदेश सरकारलाई बुझाउनु पर्ने दहत्तर बहत्तरको ४०% रकमको विषय जोडेर त्यो नबुझाएको कारणले समपुरक र विषेश अनुदान काटिएको दलिल पेश गरिएको र त्यो बुझाउने सम्पूर्ण जिम्मा नै व्यक्तिगत रुपमा म पालिका प्रवक्ताको थियोे भनेजसरी प्रचारित गर्दै यसमा संस्थागत रुपमा गाउँपालिका लाई नै दोषी देखाउने प्रयास भएको छ, यसप्रति फेरि दुः ख व्यक्त गर्छु । जिम्मेवार ठाउँमा रहेकाहरुले यश विषयमा सत्य बुझेर मात्र लेखेको भए राम्रो हुन्थ्यो ।
४. ढुंगा, गिट्टी बालुवा उत्खनन तथा निकासी ठेक्काको विगत ४ वर्षको रकम प्रदेशले पाउने ४०% विगत ४ वर्ष देखि भुक्तानी नभएको र चालू आ व. मा हामी निर्वाचित भएर आएदेखि यताको भुक्तानीको समय बाँकी नै छ । अघिल्ला वर्षहरुको ठेक्का रकम सम्बन्धमा अदालतमा मुद्दा परेको र विषेश गरि गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनले पटक पटक अदालतमा ( कहिले उच्च, कहिले जिल्ला) मुद्दा हालेका कारण अदालतको आदेशले झण्डै ४ करोड पालिकाले ठेकेदारबाट नै रकम भुक्तानी लिन पाएको छैन । यो वर्षको ठेकेदार कम्पनी तिनपिप्ले निर्माण सेवाले समेत मुद्दा हालेको र मुद्दाको अन्तिम किनार नभएको अवस्था भएकोले बैंक ग्यारेन्टीबाट रकम खिच्न नसकिएको वास्तविकता जानकारी गराउन चाहान्छु ।
५. प्रदेश सरकारले गाउँपालिकालाई योजना काट्नु र बजेट कटौती गर्नुपुर्व यश विषयमा पालिकालाई लिखित रुपमा पत्राचार गर्नु, रकम जम्मा गर्न ताकेता लगाउनु, गाउँपालिकालाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु र पटकपटक ताकेता लगाउँदा समेत पालिकाले अटेर गरेर बसेको अवस्थामा मात्रै पालिकालाई कार्वाही स्वरुप उक्त शीर्षकको बजेट कटौती हुनुपर्ने होइन र? यश विषयमा पालिकालाई विना जानकारी, आफ्नो सफाइ पेश गर्ने मौका समेत नदिई प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुनेगरी यसरी एक्कासि बजेट काट्न मिल्छ त??
६. के उक्त रकम नबुझाएको पालिका सिन्धुपाल्चोकको ईन्द्रावती, चौसागढी र त्रिपुरासुन्दरी मात्रै थियो कि प्रदेशका अरु पालिका पनि थिए? खोजी गरियो त? अहिले ईन्द्रावतीलाई मात्रै यस्तो तर्कले रकम काटिएको कुरा ढाकछोप गर्ने अस्त्र किन बनाउन खोजिँदै छ?
७. प्रदेश विशेष र प्रदेश समपुरकका योजनामा रकम नहालिएको विषयमा प्रश्न उठाउनु के अपराध थियोे त? गाउँ कार्यपालिकामा मैले यश विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनु र जानकारी लिन खोज्नु के गैर कानुनी, कसैप्रति पुर्वाग्रह भावले प्रेरित भएको भनेर भन्न मिल्छ त ?
यो प्रश्न आजपनि छ, ईन्द्रावतीले झण्डै ४ करोड रकम वाग्मती प्रदेश सरकारबाट पाउँदै आएको विकास योजना किन र कस्को कमजोरीका कारण काटियो ? भन्नु भउको छ यसै गरी इन्द्रावती गाउपालिका वडा नम्बर ८ बासी दिनेश चौलागाईंले आफ्नो सामाजिक सञ्जाल मार्फत यो बजेट नआउँनुमा ठेकदारको बदमासी भएको जनाउँनु भएको छ उँहाले यस इन्द्रावती गाउपालिकामा बाग्मती प्रदेश सरकारबाट पाउँदै आएको प्रदेश समपुरकका योजनाहरु यसपटक सबै काटिए , प्रदेश विशेष अनुदानका योजना सबै काटिए ,सशर्त तर्फका योजनाहरुमा बजेट भारी कटौती गरिए ! इन्द्रावती गाउपालिकाबासी आम जनसमुदायलाई थाहा छैन यसको दोषी को हो भन्ने कुराको । यहि कुरामा सामाजिक संजालमा एकपक्षले अर्को पक्षसग आरोपप्रत्यारोप गरेको देखे ! मलाई जानकारी भएको सुचना यहि सामाजिक संजालबाट पस्कन चाहे । प्रदेश सरकारले दिने यसप्रकारका अनुदान , योजना पालिकाबाट तिर्नुपर्ने राजस्व तिरेपछि मात्र प्राप्त हुने हो । हाम्रो इन्द्रावती गाउपालिकाको प्रमुख आम्दानीको श्रोत ः इन्द्रावती बगरको गिट्टीबालुवा ÷ नदिजन्य बस्तु हुन । यी नदिजन्य बस्तुको कारोबारका लागि पालिकाले गत २०७४ – ७९ सालका लागि निश्चित मुल्यमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सन , तिनकुने काठमाडौ नामक ठेकेदारको जिम्मा दिईयो । बदमासी ठेकेदारकै हो , उसले बाग्मती प्रदेश सरकारलाई दिनुपर्ने ठुरो राजस्व प्रदेश सरकारमा नबुझाएको पाईयो । गत बैशाख ( २०७९÷१÷३० ) गतेको निर्वाचित पालिका नेतृत्वले यो विषयमा चासो दिई पालिका मार्फतबाट जिल्ला अदालतमा मुद्दा दर्ता गराई जिल्ला अदालतको फैसला बमोजिम बैंक ग्यारेन्टी ÷ धरौटीबाट असुल उपर गर्न खोजेको तर सो ठेकेदारले पहुँचको कारण बिशेष अदालतबाट पुनः मुद्दालाई बिचाराधिन ( क्तबथ यचमभच ) बनाई असुल उपर गर्न नसकिएको र मुद्दा बिचाराधिन रहेको कुरा जानकारी गराउदछु । यो बिसयलाई लिएर एकपछिए आरोपप्रत्यारोप गर्नुको कुनै औचित्य देखिन्न । यो मुद्दालाई जतिसक्दो छिटो किनारा लगाउन पहल गर्दिनुहुन निर्वाचित पालिका नेतृत्व( व्जबmपब ल्भउब िक्जयखबलब त्बmबलन ) , प्रदेश माननीय ( थ्गदबचबव म्गबि िक्जबचबम ) र सघका माननीय ( ःयजबल द्यबजबमगच द्यबकलभत )ज्युहरुलाई आम इन्द्रावतीबासिको तर्फबाट सबिनय अनुरोध गर्दछु । र अन्त्यमा कुनै एउटा ठेकदारको बदमासीले हामी इन्द्रावतीबासिले हाम्रो हक गुमाएका छौ , बजेट गुमाएका छौ ठेकेदार कम्पनीलाई कानुनी कारबाही होस भन्न चाहान्छु । हामी हाम्रो ठाउँ बिकास भएको हेर्न चाहान्छौ , सकिन्छ भने पहल गरौ जताबाट सकिन्छ उतैबाट बजेट तानौ । अरुलाई आरोप लगाएर उम्कने कोशिश कसैले नगरौ आदरणीय अग्रज ब्याक्तित्वहरु । धन्यवाद ।
(नोटः पालिकाको बर्तमान नेतृत्वको यस कुनै प्रकारको दोष छैन , यो बिगत ( २०७४–७९ ) सरकारको विषय हो । यसबर्षको राजस्व तिर्न समय बाकी नै छ र तिर्नेनै छ । पालिकाबासिको पक्षमा पालिका सदैब छ र हुनेछ ) भन्नु भएको छ।-शशीनाथ आचार्य र दिनेसचौलागाइको फेसबुक बाट