सम्पर्क

वन तथा वातावतरण मन्त्री खड्काद्धारा छड्के अनुगमन

वागमती प्रदेश सरकार वन तथा वातावतरण मन्त्री मसिना खड्का भण्डारीले राजधानी स्थित मातहतको बिभिन्न सरकारी कार्यलयहरुमा अनुगमन गर्नुभएको छ ।
मगंलवार आफ्नो मन्त्रालय मातहत रहेको डिभिजन वन कार्यालय ललितपुर, भु तथा जलाधार ब्यवस्थापन कार्यालय हात्तीवन, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गोदावरी ललितपुर र डिभिजन वन कार्यालय काठमाडौमा अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा प्रदेश मन्त्री मसिनाले मन्त्री आफ्नो मातहतका कार्यलयहरुबाट भईरहेको सेवा प्रवाह, चालु आर्थिक बर्षमा सञ्चालित बिभिन्न कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको थियो ।
उहाँले कर्मचारीहरुलाई नियमित रुपमा कार्यलयमा हारिज हुन र गुणस्तरीय सेवा प्रवाह गर्न कडा निर्देशन पनी दिनु भएको मन्त्रीको स्वकीय सचिब पेम्लामु शेर्पाले जानकारी दिनुभयो ।