स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं विश्वविद्यायलले स्थापना गरेको योग तथा प्राकृतिक चिकित्सालयको बुधबार एक समारोहबिच उद्घाटन समेत गगर्नुभएको छ । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौं विश्वविद्यालयले काभ्रेपलाञ्चोकको चौकोट, पनौती ५ मा योग तथा प्राकृतिक चिकित्सालयको सुभारम्भ गरेको हो ।
केयूले यसै वर्षदेखि योग बिषयमा स्नातक तह (ब्याचलर अफ योगित साइन्स एण्ड विल विइङ) को पढाई पनि सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले काठमाडौं विश्वविद्यालयले सुरु गरेको योग तथा प्राकृतिक चिकित्सालय र स्नातक तहमा योगाको औपचारिक पढाई प्राकृतिक चिकित्साका क्षेत्रका लागि नमुना भएको बताउनुभयो । हरेक वर्ष उपचार सेवा महंगो हुदै गइरहेको अहिलेको अवस्थामा योग तथा प्राकृतिक चिकित्साको विकास गरेर व्यक्तिलाई रोग लाग्नै नदिइ निरोगी बनाउने अभियानमा काठमाडौं विश्वविद्यालयले गरिरहेको प्रयास प्रसंसनिय रहेको मन्त्री बस्नेतले बतानुभयो । योगाको विकास गर्न सक्यौ भने उपचार गर्नै नपर्ने अवस्था सिर्जना हुनसक्ने मन्त्री बस्नेतको धारणा छ ।
नेपाल योग विज्ञानका लागि उर्बरभूमि भए पनि त्यसको महत्व नबुझ्दा कस्तुरीले विना छामेजस्तो अवस्थामा भएको बताउदै यस काममा केयूले गरेको प्रयासको अरुले पनि अनुकरण गर्नु पर्नेमा जोड दिनुभयो ।
