डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले जलवायु परिवर्तन सम्बन्धि सचेतना गोष्ठी गरेको छ । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको सभाहलमा बुधवार गरिएको हो । डिभिजनल प्रमुख पदम राज नेपालको अध्यक्षता भएको गोष्ठीमा डिभिजन साहायक प्रमुख शंकर राज गिरिले उपस्थितीलाई स्वागत गर्नु भएको थियो । डिभिजन वन साहायक अधिकृत कृष्ण बाहादुर थापा, सुचना अधिकृत भक्त बाहादुर श्रेष्ठ, सब डिभिजन चौरारा अधिकृत श्रद्धा सिङ्देल, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुपाल्चोक, पत्रकार महासंघ सिन्धुपाल्चोक, जनजाति महासंघ सिन्धुपाल्चोक , सामुदायिक वन समुहहरुको पदाधिकारीहरु सरोकारवालाहरुको उपस्थितिमा जलबायु परिबर्तन सम्बन्धि एकदिने सचेतना गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिको बारेमा साहयक वन डिभिजन अधिकृत कृष्ण बहादुर थापाले जलवायु परिवर्तनका विषयमा पूर्ण रुपमा जानकारी लिएर यो परिवर्तनबाट हुने सम्भावित क्षतिबाट बच्नका लागि के कस्ता उपायहरु छन् भन्ने विषयमा छलफल केन्द्रित गर्नुभएको थियो । उहाँले समयमा वर्षाद नहुने विभिन्न खालका रोगहरु बढ्ने कार्य पनि जलवायु परिवर्तनबाटै भएको भन्ने भनाई राख्नुभएको थियो ।
डिभिजन प्रमुख पदमराज नेपालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भने डिभिजन वन कार्यलय अधिकृत भक्त बहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय सायक वन अधिकृत कृष्ण बहादुर थापा, अधिकृत श्रद्धा सिग्देल ,सामुहिक वन उपभोक्त महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोक उपाध्यक्ष सारदा प्रसाद चालिसे लगायतको सहभागिता रहेको थियो ।
,
