सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकमा नगरभरिका १४ वटा वडा मध्य ८ वटा वडाले असहमति जनाएका छन् । आगामी बर्ष २०८०।८१ को लागी तयारी गरेको निती तथा कार्यक्रममा नगर प्रमुखले सल्लाह नगरी एकलौटी ढगंबाट प्रस्तुत भएपछी १४ वटा वडा मध्य नेपाली काँग्रेस र नेकपा एमाले निकट वडाअध्यक्षहरुबाट निती तथा कार्यक्रम माथी असहमती जनाएको वडा नं. १४ का वडाअध्यक्ष उद्धब प्रसाद नेपालले जानकारी दिनुभयो । निति तथा कार्यक्रममा सल्लाह राय सुझाबलाई मनन गर्नुको सट्टा अहमता र धाक धम्कीको भासाप्रयोग भएपछी वडा अध्यक्षहरु बाहिरिएका ८ वटा अध्यक्षहरुको भनाइ रहेको छ । निर्बाचित वडा अध्यक्षहरुले नगर प्रमुखलाई अभिभावकको रुपमा हेरेर सुबिधा माग्नु कुनै नौलो कुरा नभएको, वडा अध्यक्षहरुले वडामा दिने बजेटमा बृद्धी गरेर नगर प्रमुखले तोकआदेसमा खर्च गर्ने रकममा केही कटौती गर्न प्रस्ताव गरेपछी भएको बिबादका कारण बैठकमा असहमती जनाएको वडा न.ं ८ का वडा अध्यक्ष अमृत दगांलले बताउँनु भयो । नगर प्रमुख सबैको साझा हुन पर्नेमा जोड दिदै निर्बाचित वडा अध्यक्षहरको कुरा नसुनी एकतर्फी निर्णय गरिएकोले असहमति गर्न परेको बताउँनु भयो । यसैगरी बार्षिक निती ,कार्ययोजना बनाउँने काम निर्वाचित पदाधिकारीको भएकाले आफुहरुको कुरा सुनुवाई नभएको र नगरपालिकाको कार्यनिती अनुसार काम नभई आफुखुशी सभामा प्रस्तुत गरिने योजना ल्याइएको हुँदा बैठकमा असमहति जनाएको ९ नं. वडा अध्यक्ष बिमल श्रेष्ठले बताउँनु भयो । वडा नं. १० का वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले नगर प्रमुख ले सबैलाई समान व्यवहार गर्न पर्नेमा त्यसो हुन नसकेको कारण यो अबस्था आएको बताउँनु भयो । उहाँले आफूहरु सँधै वडाको बिकासका पक्षमा रहेकाले वडाको बिकास बजेट माग्दा सुनुवाई नभएका कारण बैठक असमहति गर्न परेको बताउँनु भयो । यो अबस्था रही रहे नगर सभा समेतलाई असर पर्नेछ । १४ वटा वडा मध्य ८ वडा बिपक्षीमा रहेको छ । यस सम्बन्धमा ९८५१२५४४२४ नम्बरमा नगर प्रमुखसँग सम्पर्क गर्न खोज्दा सचिवालय संयोजक रमेश सापकोटाले कार्यपालिकाको बैठकमा आफु नबसेकोले जानकारी नभएको बताउँनु भयो भने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको ९८५११६४८७५ नंम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको कारण उहाँहरुसँग कुरा हुन सकेन ।
