सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिकालाई कफी पकेट क्षेत्र बनाउँनका लागी नगरपालिका तयार रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ ।
जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकद्धारा आयोजित कफी यान्त्रीकरण सामाग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । कृषी ज्ञान केन्द्रको सहयोगमा र कफी सहकारी संघको आयोजनामा सुकुटेमा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सापकोटाले स्थानीय स्तरमा हुने उत्पादनलाई प्राथमिकता दिएर स्थानीय स्तरमा नैअर्गानीक कफी उत्पादन गरी जापान लगाएतका बिदेसमा पैठारी गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै आगामी दिनमा कफी उत्पादनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने समेत बताउँनुभयो ।
यसैगरी कार्यक्रमको बिशेष अतिथी वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)
ले आफ्नो वडामा यसरी अन्तराष्ट्रिय स्तरमा नै पहिचान हुने गरी कफी निर्यात गर्न सफल त्यसमा पनी महिला नेतृत्वलाई बिशेष धन्यबाद दिदै आगामी दिनमा वडाबाट हुने र गर्न पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग बाणीज्य सघ सिन्धुपाल्चोकका सचिब शम्भु तिमिल्सिनाले महिलाले नेतृत्व गरेको कफी सहकारी संघको उत्पादनले बिदेशमा बजार पाउँदा खुशी लागेको बताउँदै कृषी उत्पादनमा लागेर अगाडी बढेकोमा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा भनाइ राख्दै राख्दै कृषी ज्ञान केन्द्र धुलीखेलका कार्यालय प्रमुख उमा श्रेष्ठले कफी सहकारी संस्थाले हालसम्म गरेका
हरेक कार्यक्रम प्रती ज्ञान केन्द्र आकर्षीत भएको बताउँदै वास्तविकता भित्र रहेर सहकारीले काम गरिरहेकोमा धन्यबाद दिनुभयो ।
उहाँले अनुदान सही मानिसले पाउँन पर्छ, अनुदान दोहोरो हुनु हुँदैन सबैले पाउँन नसके पनी पाउँनेको लागी सहयोग गर्नुपर्छ भन्नु हुँदै कृषी ज्ञान केन्द्रले कृषकलाई सहयोग गर्दै आइरहेको बताउँनु भयो । यसै गरी समाज सेवी यसम बहादुर महतले सहकारीताका माध्ययमबाट गरियका हरेक कायृक्रमहरु सफलतामा अगाडी बढेकाले सहकारकिा माध्ययम बाट गरियको कफी खेतीले पनी सिन्धु पाल्चोकको पहीचान दिएको बताउँनु भयो । कार्यक्रममा सञ्चार कर्मी तथा नेत्रज्योती कृषी सहकारी संस्थाका सचिब नेत्र बहादुर बस्नेतले बाँझो रहेको जग्गाको सदुपयोग गरेर खेर गइरहेको जमिनमा यसरी उत्पादन मुलक काम गर्देै जाँदा स्थानीय स्तरमा नै रोजगारको अबसर हुने भएकाले यस प्रकारको उत्पादनलाइ सबैले सहयोग गर्नुपर्ने बताउँनुभयो ।
कफी सहकारी संघका अध्यक्ष मन्जु थापाले कृषी ज्ञान केन्द्र र कफी सहकारी संघको आयोजनामा यस
बर्ष १५००० बिरुवा रोप्ने योजना रहेको बताउँदै ३२ टन कफीले अन्तराष्ट्रिय स्तरमा बजार पाएको, प्रागंरी प्रमाणीत कफीले अन्तराष्ट्रिय स्तरमा बजार पाएको सहकारी संघका अध्यक्ष थापाले बताउनुभयो ।
