सम्पर्क

सिन्धु काँग्रेसको पुर्ब सभापती अस्पताल भर्ना

सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका पूर्वसभापति विकास लामा अण्डकोषमा इन्फेक्सन देखिएकाले अस्पताल भर्ना हुनुभएको छ । बिगत लामो समयदेखि अस्वस्थ रहँनु भएका नेपाली काँग्रेसका नेता लामा वीर अस्पतालको आईसियुमा उपचाररत रहनु भएको छ । लामाको अण्डकोषमा इन्फेक्सन देखिएकाले शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।यसअघि छाला रोगबाट पीडितको थाइल्याण्डमा उपचार गरिएको थियो । नेपाली काँग्रेस सिन्धु पाल्चोकका जिल्ला सभापती जगं बहादुर लामा २ नं क्षेत्रीय सभापती आइतमान तामाग लगाएतले उँहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।