सिन्धुपाल्चोकमा मुद्धा सम्बन्धविच्छेदका बढ्दै गएका छन् ।
जिल्ला अदालतमा दर्ता भएका मुद्धा मध्ये ६० प्रतिशत सम्बन्धविच्छेदका रहेका छन् । जिल्ला अदालतका अधिकृत अक्षयकुमार दनुवारका अनुसार २०७९ साउनदेखी २०८० जेठ २९ गतेसम्म ४५१ वटा मुद्धा दर्ता भएका छन् । पुरुषको तर्फबाट १४९ वटा मुद्धा दर्ता भएकोमा ४८ वटा फैसला भैसकेका छन् भने ७४ वटा मिलापत्र भएको अधिकृत दनुवारले जानकारी दिनुभयो । २९ वटा मुद्धा भने प्रक्रियामै रहेका छन् । त्यसैगरी सोही अवधिमा ३०२ महिलाले सम्बन्धविच्छेदका दर्ता गराएका छन् । जसमा ९५ वटा फैसला भएको र १७१ वटा मिलापत्र भएकमा छन् । महिलाले दिएका सम्बन्धविच्छेदका निवेदा मध्ये ३६ वटा भो प्रक्रियामै रहेको दनुवारले जानकारी दिनुभयो ।
नयाँ मुलुकी संहिता आएपछि सम्बन्धविच्छेदका मुद्धा बढ्दै गएका हुन् । खुकुलो कानुनी व्यवस्था, वैदेशिक रोजगारी र व्यक्तिगत स्वतन्त्रता लगायतका कारण सिन्धुपाल्चोकमा अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले सम्बन्धविच्छेदका मुद्धा बढेको देखिएको छ ।
जिल्लामा सबैभन्दा बढी मुद्धा सम्बन्धविच्छेदका
छन् । सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको जिल्ला अदालतका अधिकृत दनुवारले जानकारी दिनुभयो ।
