सम्पर्क

चौतारा नगरपालिका ः निशुल्क शिविरको प्रभावकारीता

सम्झना कार्की

विगत ३/४ वर्षदेखि ढाड दुख्ने,टाँउको काम्ने बेलाबेला जिउ दुखेर हैरान भएकी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ की ५५ वर्षिय पार्वती दंगाल नयाँ जनप्रतिनिधि आएपछी घर नजिकै उपचार पाउँदा खुशी लागेको सुनाउनुहुन्छ ।
“टाउँको काम्ने ,आशु आईरहने, जिउ पुरै दुख्ने समस्याको उपचार शिविरमा पुगेकी हुँ, उपचारका लागी काठमान्डौँ पुगिरहनु भन्दा घर नजिकै निशुल्क शिविर आयो ,उपचार पनि भयो । यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधी पाउँदा खुशी लाग्यो,” उहाँ भन्नुहुन्छ ।
घरायसी काम र आर्थिक आभावका कारण अस्पतालमा नियमित उपचार गर्न जाना नपाएकी उहाँ गाँउकै शिविरमा उपचार पाएपछि खुशि हुनुहुन्छ ।
शिविरबाट स्वास्थ्य जाँचपछि चिकित्सकले दिएको औषधीले उहाँको स्वास्थ्यमा सुधार आएको उहाँले महशुस गर्नुभएको छ । काठमाण्डौ सम्म उपचारको लागि जाँदा लाग्ने खर्च बचतहुदाँ उहाँलाई थप सहज भएको उहाँले सुनाउनुभयो ।
अहिलेपनि आवश्यक औषधीका लागि नगरपालिकाको स्वास्थ्य शाखा मार्फत वडाको स्वास्थ्यचौकीबाट लिने गर्नुभएको छ । त्यस्तै रुकुमाया आर्चाय पनि प्रेसरको समस्याले ग्रसित हुनुहुन्छ । नियमित प्रेसरको औषधी खाना नापाउदाँ उहाँले धेरै समस्या झेल्नु परेको थियो ।
कहिले कहि त अस्पतालमा उपचारको लागि जान पैसा नहुँदा पिडा सहेर बस्नुको उहाँको विकल्प थिएन् ।
तर अहिले उपचारको लागि नगरपालिकाले उहाँलाई सजिलो बनाएको छ । अहिले नियमित उपचार र औषधी उपलब्ध भएको छ ।
जसकारण उहाँले पहिलो उपचारका लागि भोग्नु परेको समस्या भोग्नु परेको छ्रैन् । उपचार नपाएर मर्छुकी झै लाग्ने उहाँलाई शिविर बरदान नै भएको छ ।
नगरपालिकालाई धन्यवाद , रुकुमाया आचार्यले खुशीले भन्नुभयो । कतिपय ग्रमिणभेगका बृद्धबृद्धाहरुले उपचार सहजरुपमा पाउन नसक्दा उपचारबाट बञ्चित भएर बस्नुपरेको अवस्था समेत छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका भित्रका सबै वडामा स्वास्थ्य परिक्षण क्याम्पहरु सञ्चालन गरी धैरैलाई सेवा दिएको छ । जेष्ठ नागारिक स्वास्थ्य परीक्षण ,मानसिक स्पास्थ्य परीक्षण ,
महिलाहरुको लागी प्रजनन् स्वास्थ्य परीक्षण र दीर्घरोगीहरुलाई निःशुल्क स्वास्थ्य उपचार र औषधी वितरण गरेपछि यहाँका स्थानीयहरुलाई राहत मिलेको छ । जेष्ठ नागारिकको स्वास्थ्य अवस्था र उपचार गर्न जादाँ हुने जोखिमलाई मध्येनजर गर्दै नगरपालिकाले निति तथा कार्यक्रम बनाई बजेट विनियोजन गरी वडा–वडामा जेष्ठ नागारिकलाई निःशुल्क स्वास्थ्य परीक्षण औषधी र स्वास्थ्य शिविरहररुबाट उपचार पाउदाँ जेष्ठ नागारिकलाई राहत मात्र पुगेको छैन खुशीले उनीहरु दंग परेका छन् ।
नगरपालिका भित्रका जेष्ठ नागरीकको स्वास्थ्य परीक्षणबाट २ हजार ४ सय ८८ , १ सय ६ जनाको ग्लुकोज परीक्षण ,१ हजार ६ सय ९९ जनाको आखाँको परीक्षण गरीे ढुक्कले उपचार पाउनुभयो । यस्तै महिलाहरुको लागी प्रजनन् स्वास्थ्य सम्बन्धी शिविरबाट ७ सय ३ जनाको परीक्षण गरीएकोमा पाठेघर खस्ने समस्या भएका ७७ जना , रिंग पेसरी राखिएका ३१ ,अपे्रसन गरेको ६ जना पाठेघरको मुखको क्यान्सर भएका ४ सय ९१ जना ,पाठेघरको मुखको सम्भावित क्यान्सर देखिएका १६ जना र पाठेघर सम्बन्धी अन्य समस्या भएका ३ सय ५५ जनालाई निशुल्क उपचारको ब्यवस्था भएको थियो । यस्तै आखाँ स्वास्थ्य परीक्षण र मोतियाविन्दु शल्यक्रिया शिविर अन्तर्गत ६ सय १८ जनाको आखाँ परीक्षण गरिएको छ । जसमध्ये ५५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
विपन्न नागरीकलाई औषधी उपचार कार्यक्रम अन्तर्गत ९९ जनालाई सेवा प्रदान गरीयो जसबाट क्यान्सर सम्बन्धी ३६ जना , मृगौला सम्बन्धी १४ जना स्पाईनल ईन्जुरी सम्बन्धी ५ जना ,मुटु रोग सम्बन्धी ३५ जना हेड ईन्जुरी सम्बन्धी ९ जनाले सुबिधा लिए भने मानसिक स्वास्थ्य शिविरबाट ८६ जनाको स्वास्थ्य परीक्षण सगैँ आवश्यक औषधी वितरण गरीएको नगरपालिका स्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो । ३ सय ७७ पटक खोप क्लिनिक सञ्चालन गरीयो भने ३ सय ५५ पटक गाउँ घर क्लिनिक सञ्चालन गरिएको नेपालले बताउनुभयो ।
पछिल्लो समय चौतारा नगरपालिकाले बृद्धबृद्धाहरुको स्वास्थ्यको ख्याल गर्दै सतप्रतिशत स्वास्थ्य सेवामा नागारिकको पहुँच बढाउने काम गरेको मेयर सापकोटाले बताउनुभयो । आफु निर्वाचित भएर आएको पहिलो वर्षमा साढे ३ करोड बजेट विनियोजन गरेको र अझै यसलाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०८० र ०८१ मा बजेट थप गरी नगरबासीको सेवा गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य अवस्था र आर्थिक समस्याका कारण उच्च रक्तचाप, मधुमेह, दम, ढाड दुख्ने, नशा र प्रेसर लगायतका जेष्ठ नागारिक र दिर्घरोगीले गाँउमै स्वास्थ्य उपचार र औषधि पाएका छन् ।
नगरपालिकाले निति तथा कार्यक्रममानै निर्माण गरी उपचारसंगै औषधि वितरणका लागि वर्षिक २५ लाख बजेट यस आर्थिक वर्षमा खर्च भएको नगरपालिकाले जनाएकोे छ । आर्थिक समस्या र जेष्ठ नागारिकालाई नियमित अस्पताल जादाँ स्वास्थ्यमा हुनसक्ने जोखिमलाई बुझेर नगरपालिकाले विशेष निर्णय गरेको स्वास्थ्य शाखाका प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।
बृद्धबृद्धाका लागि मात्र नभई मानासिक स्वास्थ्य तथा मनोपरामर्श चेतना मुलाक कार्यक्रम,गाँउघर क्लिनिक,खोप क्लिनिक,स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि कार्यक्रम ,स्वास्थ्य विमा लगायतका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन भएको उहाँले बताउनुभयो ।
नगपालिका भित्रका सबै नागारिकको स्वास्थ्यमा पहुँच होस भन्ने उदेश्यले सरकारी तथा नगरपालिकाबाट कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । दम, मुटु, नशा,आखाँ र उच्च रक्तचाप लगायत रोगका औषधी सरकारले निःशुल्क वितरण गर्ने औषधिको सूचीमा पर्दैनन् । यस्ता औषधिको मूल्यसमेत महँगो रहेको बिरामीहरु बताउँछन् ।
अहिले नगरपालिकाले नियमित स्वास्थ्य परिक्षण र नियमित औषधी सेवन गर्नुपर्ने महँगा औषधि निःशुुल्क रुपमा पाउदाँ आफूहरुलाई ठूलो राहत मिलेको स्थानीय युबनाथ दुलालले बताउनुभयो । सेवा लिनेहरुमा उच्च रक्तचाप ,
चिनी रोग ,बाथ लगाएतका समस्या भएका बिरामीहरु थिए । नगर स्वास्थ शाखाले सञ्चालन गरेका निशुल्क स्वास्थ्य शिविर क्लिनिक कार्यक्रम प्रभावकारी बन्न पुग्यो । नगरको नयाँ जनप्रतिनिधि आएयता प्रत्येक टोल बस्तीमा गएर स्वास्थ सेवा दिएपछी स्थानीय खुसि भएका छन् । शिबिरमा ६ महिनाको वालवालिकादेखी ९० बर्षको वृद्ववृद्वाले सेवा लिएका छन् ।
सेवा लिनेहरुको माग र आवश्यकता अनुसार नगरपालिकाले उक्त शिविरलाई अभियानकै रुपमा निरन्तर अघि बढाई सेवा दिएको छ । स्थानीयको मागलाई आवश्यकताको आाधारमा प्राथमिकता दिई काम गर्ने बचन नगर प्रमुख सापकोटाले दिनुभएको छ । आफ्नो जीवनप्रति संवेदनशील र सचेत रहन आग्रह गर्ने गरेका छन् ।
सवैभन्दा ठुलो सम्पत्ति भनेको मानव जीवनको स्वास्थ नै हो । सो पश्चात अन्य सहयोग प्राप्त गर्ने सकिन्छ । रोगको पहिचान पहिलो हो त्यसपछि उपचार हो प्रमुख सापकोटाले भन्नुभयो ।