सम्पर्क

ट्राफीक प्रहरी सिन्धुपाल्चोकमा जेष्ठको राजस्व १८९२५००

जिल्ला ट्रफिक प्रहरी कार्यलय सिन्धुपाल्चोक अँधेरीले जेष्ठ महीनामा मात्रै अठार लाख बयानब्बे हजार पाँच शय रुपैया राजस्व उठाएको छ । कार्यलयको सुचना अनुसार २०७९साल असार देखी हाल सम्मको जरिवाना रकमबाट उठेको रकम मध्य सबै भन्दा बढी २०८०साल जेष्ठ महीनामा १८९२५००। रहेको छ भने सबै भन्दा कम २०७९साल श्रावण महीनामा छैसठी हजार पाँच शय रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम आचार्यले यस बर्ष कार्यलयबाट एक करोड भन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको बताउँनु भयो । जेष्ठ मसान्त सम्ममा मुख्य राजमार्गमा जटील दुर्घटना नभएको भएता पनी ग्रामीण सडकमा भएको दुर्घटना बाट ९जनाले ज्यान गुमाएका छन भने साना ठुला गरेर ४४वटा सवारी साधन दुर्घटनामा परेका छन ।