पृथ्वीजंग पाण्डे/पिस्कर
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पूर्ण खोप पालिका घोषणा भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत १६ देखि २३ महिनाको सबै बालबालिकाले नेपाल सरकारबाट उपलब्ध भएको सबै खोप पूरा गरेकोले पुर्ण खोप पालिका घोषण भएको हो । आइतबार एक कार्यक्रम गरि त्रिपुरासुन्दरीको सबै वडामा पुर्ण खोप पूरा गरेकोले गाउँ पालिका अध्यक्ष भक्तध्वोज बोहराले पुर्ण खोप वडा तथा पालिका घोषणा गर्नुभएको हो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष रमेश बोहरा लगायतका जनप्रतिनिधिहरु तथा स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाह लगायत कर्मचारीहरु तथा सामुदायिक महिला स्वास्थ स्वयंसेविका लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको स्वास्थ शाखा प्रमुख शाहले बताउनुभयो । त्यसैगरि गाउँपालिकाकै वडा नं. ६ टेकानपुरमा सामुदायिक महिला स्वास्थ स्वयं सेविका कार्यक्रमको आ ब २०७९÷०८० को वार्षिक समिक्षा २ दिने गोष्ठी समेत सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वोज बोहरा, उपाध्यक्ष गिता नेपाल , प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, लेखा प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाहको उपस्थितमा सम्पन्न भएको हो ।
