सम्पर्क

मेलम्चीमा होमस्टे अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा होमस्टे अभिमुखीकरण कार्यक्रम भएको छ । बिशेषगरी आवन्तुक पाहुनाहरुलाई कसरी सम्मान गर्ने, सम्मानीत तरिकाले कसरी बसाउँने भन्ने बिषयमा केन्द्रीत रहेर दिइएको तालिम बिहिबार समापन भएको छ । स्किल डेभलपमेन्ट एण्ड भोकेसनल ट्रेनिङ एकेडेमीको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा होटल मेलम्ची क्याफे इनमा ५ दिने होमस्टे (घरवास) अभिमुखिकरण तथा आतिथ्यता तालिम मेलम्चीमा सम्पन्न भएको हो । तालिमको समापन गर्दै नगर प्रमुख आइतमान तामाङले तालिमबाट धेरैकुराहरु फाइदा पुगेको आफुलाई विश्वास लागेको बताउनुभयो । उहाँले अतिथि सत्कार र सम्मान गर्ने कलाको नयाँपन आउनेमा आफु आशावादि लागेको समेत बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना भएको मेलम्चीमा पर्यटन प्रबर्द्धन गरि आयआर्जनसँग जोड्न सके फाइदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले होमस्टे स्थापनाका लागी ५०% अनुदानको ब्यबस्था नगरपालिकाले गर्ने जानकारी दिदैँ यसको प्रभावकारी अनुगमन गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्काले गुफाडाँडामा होमस्टे सञ्चालन गर्न पर्ने त्यसका लागी नगरपालिका सहयोग गर्न तैयार रहेको बताउँनु भयो । सामाजिक अभियान्ता एवम् होटल ब्यवसायी सागर श्रेष्ठले मेलम्ची नगरपालिकाले यस्ता खालका पहिचान युक्त कामहरु गर्दै आएको र बसेको मेलम्चीलाई उठाँउनका लागि नगरले गरेको कामको प्रसंशा गर्दै होमस्टे सञ्चालनमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो । कार्यक्रममा सञ्चार कर्मी नेत्रबहादुर बस्नेतले सिप सिक्नु राम्रो हो तर सिकेको सिपलाई सदुपयोग गर्न सकिएन भने त्यसको अर्थ रहदैन त्यसैले यो सिकेको सिपलाइ ब्यवहारमा ल्याउँन पर्ने बताउँनु भयो । आयोजकको तर्फबाट जुगल गाँउपालिकाका पुर्ब उपाध्यक्ष समेत रहनु भएको समाजसेवी सिर्जना तामाङले मेलम्चीमा यस्ताखाले तालिमको खाँचो महशुस गरेकाले नै यहाँले तालिमको आयोजना गरेको प्रष्ट पार्नुभयो । तालिममा सहभागि पुर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम हर्क तामाङले सञ्चालन गर्नुभएको थियो । तालिममा वडा नम्बर १,२,३,४,९ र ११ गरि २३ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई नगर प्रमुखले प्रमाण पत्र प्रदानन गर्नु भएको थियो भने वडाअध्यक्ष खड्काले खादा लगाइदिनु भएको थियो भने सागर श्रेष्ठले टिका लगाएर सम्मान गर्नू भएको थियो ।