चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १४औ नगर सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले निकट जन प्रतिनिधीहरुले असक्षम नगर सल्लाहकार चाहिदैन,१२ औ नगरसभा अघिको सहमती तोडनु धोका हो,समानान्तर सरकारको अभ्यास गलत हो,बिभेदकारी बजेट बन्द गर,कार्यकर्ता पोस्ने तोक आदेश बन्द गर,२ करोडको वडागत सिलिङ कायम गर,विषयगत बजेट ब्रेकडाउन गर, जस्ता नाराहरु लगाउँदै नगर सभा अबरोध गरेका थिए भने नेकपा माओबादी निकट वडाअध्उक्ष रामप्रसाद गौतम रोषन गिरी लगाएतले नगर सभा सञ्चालन गर्न अनुरोध गरिरहनु भएको थियो ।
यसरी नगर पालिकामा रहेको १४ वटा वडा मध्य ८ वटा वडाका वडाअध्यक्ष सहतिका जन प्रतिनिधीहरुले नाराबाजी गरिरहेपछी नगर उप प्रमुख सिता थापाले पटक पटक बस्न आग्रह गर्दै निती तथा कायृक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । नगर प्रमुखको आदेश अनुसार निती तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख थापाले आगामी आर्थिक वर्ष ०८०÷८१ को लागि निती तथा कार्यक्रम सहीतरु. १,२४,५२,००,०००।– (एक अरब चौबिस करोड बाउन्न लाख) विनियोजन गरिएको जानकारी दिनु भयो । आय व्यय विवरण जम्मा finalआयव्ययको विवरण प्रस्तुत गर्नु भएको थियो उाहाले आगामी आर्थिक वर्षको वजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको जानकारी दिनु भएको छ । उँहाले कृषि क्षेत्रका लागि रु. ३ करोड ५० लाख र पशु विकास सेवाका लागि रु. १ करोड ५० लाख र रोजगार सिर्जनाका लागि रु. १ करोड ५० लाख विनियोजन गरिएको जानकारी दिनु भयो आ.व. को बजेट विनियोजन गर्दा वडा स्तरीय योजनाहरुको लागि पठाइएको रकम आगामी आ.व. का लागि कायम गर्न बजेटको अभावले चुनौति पुर्ण रहेको कारणले गर्दा आगामी आ.व. मा वडा स्तरीय योजनाको लागि प्रत्येक वडाका लागि रु. ८५ लाखका दरले कुल जम्मा रु. ११ करोड ९० लाख वडा स्तरीय योजनाका लागि बजेट विनियोजन गरिएको छ। कर्यक्रमको समापन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले आगामी २८ गते पुन नगर सभा बस्ने गरी सभा सम्पन्न भएको घोषणा गर्नु भयो ।
