सम्पर्क

बलेफीले गर्यो ४७ करोड ६ लाखको बजेट प्रस्तुत

बलेफी गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ का लागि कूल ४७ करोड ६ लाखको बजेट प्रस्तुत गरेको छ । बिहिबार गाउँपालिकाको १३ औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ ।
गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा उपस्थित प्रमुख अतिथी संघीय सांसद माधव सापकोटा सुबोधले पालिकाले समयमै सहमतीमा नीति, कार्यक्रम तथा बजेट ल्याएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले संघीय संसदमा हुने बजेट निर्माण र छलफलको अभ्यासको जानकारी गराउँदै उनले स्थानीय सरकारको कामको प्रशंसा गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष गंगा तामाङले गाउँ सभामा उपस्थित भएर संघीय सांसदले हौसला बढाएकोमा खुसी व्यक्त गर्नुभयो । गत वर्ष गाउँ कार्यपालिकामा सहमती जुट्न नसक्दा नीति, कार्यक्रम तथा बजेटमा भएको ढिलाईबाट पाठ सिकेका अध्यक्ष तामाङले यस पटक समयमै गाउँ सभाको तयारी गरेका थिए । सोही अनुसार गाउँ कार्यपालिका सदस्यहरुबाट सहयोग भएकोमा उहाँले धन्यवाद दिनुभयो ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सरु तामाङले आगामी बर्षका लागि समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
गत बर्ष बजेट ल्याउन भएको ढिलाइका कारण लिजामा कम अंक आएपछि समयमै कार्यक्रम गर्न पालिकाको सिंगो टिमले तयारी गरेको समेत बताउनुभयो ।