सम्पर्क

मनोरन्जन

कागेश्वरी माबिले मनायो ७० औ वार्षिकोत्सव

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.१ घर्थलीमा रहेको कागेश्वरी माबिले ७० औ वार्षिक उत्सव तथा अभिभावक दिवस सनिवार मनाएको छ।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल ,वडा न ६ का अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा , वडा न १ को वडा अध्यक्ष सिताराम थापा ,शिक्षा शाखा प्रमुख सालिकराम घिमिरे वडा सदस्यहरु, चन्दादाता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विभिन्न बिधामा विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।...

सोनाम ल्होछारमा सिन्धुपाल्चोकको तिन स्थानिय तहमा विदा

मनोरन्जन, समाचार
सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाका लिसँखुपाखर गाउँपालिका, हेलम्बु गाउँपालीका र पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् । तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व ३ दिन सार्वजनिक बिदा दिने निर्णंय भएको सम्बन्धीत पालीकाले जनाएका छन् । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ८,९ र १० गते सोनाम ल्होछार मनाउनका लागि भन्दैसार्वजनिक बिदा दिइएको हो । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पाँचपोखरी थाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका मातहात रहेका पाँचपोखरी प्राथमिक अस्पतालका सबै,स्वास्थ्य चौकि,स्वास्थ्य ईकाईबाट प्रदान गरिदैं आएको अत्यावश्यक सेवा तथा प्रसुती सेवा निरन्तर प्रदान...

बाह्रविसे नगरद्धारा गोरु पाल्ने ७ सय ७६ कृषकलाई अनुदान

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ का दरले अनुदान दिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई दुई करोड ५० लाख बढी रकम अनुदान दिएको हो । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गोरु जोतेर कार्यक्रमको उद्धघाटन गर्दै कृषकलाई अनुदान रकम हस्तानन्तरण गर्नु भएको हो । उँहाले रकम हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै रासायनिक मल कोहाहाकार ब्यहोर्नु भन्दा गाइ गोरु पालेर मल उत्पादन पनी हुने खेती पनी हुने भन्दै बर्षमा एक दिन भए पनी सम्झनाका लागी हल तिहार मनाइने गरेको बताउँनु भयो । उँहाले विदेशबाट मल खरिद गर्ने बानी बसेको र माटो...

मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा पुर्णिामा को दिन मेला लाग्दै

जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार
सञ्जीव तामागं स्याङ्बो, सिन्धुपाल्चोक जिल्ला अन्तरगत इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर स्थित मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा बर्सेनि पुर्णिामा को दिन मेला लाग्दै आएको छ। उक्त देवी को करिब ७ पुस्ता अगाडि देखिनै स्थानीय श्यङ्बो गुठी ले पुर्जा आएको स्थानीय हरुले बताएका छन । स्थानीयको भनाइ अनुसारकरिब १०० यौ वर्ष पहिलो बाजेको पुस्ता चौतारा सागचोक नगरपालिका वाड न २ गौरती बाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जादा आफ्नो घर पालन पशुपन्छी हरुलाइ बिभिन्न रोग लागेर नोक्सानी हुन थालेपछी स्थानीय दुखित भए र आफ्नो बाजे पुस्ता सङ जोखान हेर्दानजिकै एउटा ओडारमा रहेको देवी मान्न पर्ने भनेको ले स्थानीय नजिकै को दारिगौड ओडरमा देवि मानेको र ओडरमा भनेको ले दारिगौड नामकरण गरेको स्थानीय ले बताउछ। दारिगौड देवी लाई हरेक बर्ष पुजा गरे यो सब को अन्त्य हुने र करिब ७ पुस्ता अगाडि देखी नै...

डडुवा भवानी शङ्कर माध्यमिक विद्यालय नगर भरीकै उत्कृष्ठ भवन

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयको भवन चौतारा साँगाचोकगढी नगरपालिका भरीकै उत्कृष्ठ भवन भएको छ । बिहिबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच उद्धघाटन गर्नु भएपछी सहभागीहरुले नगरकै नमुना भवन बनेकामा खुशी ब्यक्त गरेका छन् ।नेपाल सरकार र ए।डि।बि को आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , केन्द्रिय आयोजना कार्यान्वयन इकाइको विपद उत्थानशील विद्यालय परियोजनाको प्राविधिक सहयोग र समन्वयमा ६ करोड ८६ लाखमा भवन निमार्ण सम्पन्न भएको १६ कोठे भुकम्प प्रतिरोधी निर्मीत विद्यालय भवन नगर प्रमुख सापकोटाले उद्धघाटन गर्नू भएको हो ।              चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको भवनको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले विद्यालयको भवनसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाकाले गर्न पर्ने सहयोगमा कुनै कमी हुन नदिने बताउँदै वडामा उत्पाद...

अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी सिन्धुपाल्चोक, २८मङ्सिरसिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आजसम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो। हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो रइन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारीदिनुभयो ।विजेतालाई पुरस्कार वितरणगर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुकोपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमाप्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा हेलम्बु गाउँपालिका,मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी न...

बिरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” मंगलबार सार्वजनिक हुदै

मनोरन्जन, समाचार
बिरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” मंगलबार सार्वजनिक हुदै सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ९ मुलखर्कमा जन्मनुभएका नव गायक विरेन्द्र तामाङको “मसँग लुकीछिपि नहिँड मैच्याङ” बोलको तामाङ सेलो गित मंगलबार बजारमा सार्वजनीक हुदै छ । यहि कात्र्तिक २२ गते मंगलबार बिहानको ११ बजे उहाँकै युटुब च्यानल बिरेन्द्र लोप्चनबाट सर्बत्र बजारमा आउने तयारी रहेको छ । सोहि दिन सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मीक स्थल गौरति भिमशेनमा भव्य मेला लाग्ने गर्दछ । सोहि मेलाको साँझ नव गायक तामाङको पनी प्रस्तुती रहेको बताउनुभयो । आफ्नै शब्द, संगित र आवाजमा रहेको सेलो गित तामाङको यो पहिलो प्रस्तुति हो । सबैले सुनेर आफ्नो ठाउँकोे नव गायक तामाङलाई साथ दिन सक्नु हुने छ ।...

तिहार शुरु भए सँगै शुभकामना कार्यक्रममा तिब्रता

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
निर्वाचनको मिती नजिकीदै जँदा सिन्धुपाल्चोक जिल्लाको २वटै निर्वाचन क्षेत्रमा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेर नागरिकलाइ आफ्नो पक्षमा पार्ने काम भइरहेको छ ।  शुभ दिपावली , नेपाल सम्बत, तथा छठको अबशरमा शुभकामना आदन प्रदान कार्यक्रलाइ तिब्रता दिइरहँदा मेलम्ची नगरपालिकाले जिल्लाका प्रतिस्पर्धी दूइ उम्मेदवार सहीत बिभिन्न राजनिती दल, समाज सेवी बिभिन्न संघ सस्थाहरुलाइ एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको गठबन्धनका तर्फका उम्मेदवार मोहन बहादुर बस्नेत र नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको एमालेका उम्मेदवार शेर बहादुरतामागं नेकपा समाजबादीका भगवती नेपाल लगाएत नेकपा माओबादी केन्द्रका प्रतिनिधी तथा बिभिन्...

सङ्कटमा मादल व्यवसाय

ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ...

टीकाको चौथो दिन . नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

जिबनशैली, मनोरन्जन, समाचार
आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो । विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी ...