नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाले पाचौ पुर्ण बैठक सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्र्दै सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको गौरीशङ्कर होटलको सभाहलमा भएको बैठकले १० बुदै घोषणा पत्र जारी गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौका सभापती शोभा अर्यालको अध्यक्षतामा बसेको बैठकले आगामी जेष्ठ ९गते काठमाण्डौ शाखाको २५औ साधरणा सभामा प्रस्तुत हुने कार्यक्रम पास गर्दै शाखाका सचिब रमेश कुमार बोहोरा द्धारा प्रस्तुत शाखाका कार्यक्रमहरु प्रशासनिक प्रतिबेदन र शाखाको कोषाध्यक्ष रामचन्द्र कार्कीद्धारा प्रस्तुत आर्थीक प्रतिबेदेन सर्ब सम्मत पास गरेको छ । बैठकले जारि गरेको सिन्धुपाल्चोकको घोषणा पत्रमा सरकारले तोकेको न्युनतम पारिश्रमीक अती न्युनतम रहेकोले दोब्बर गर्न माग गरिएको छ । यसै गरी साना तथा स्वरोजगार मुखी सञ्चार माध्ययमहरुलाइ सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी बिज्ञापनलाइ दोबर बनाउँन माग गरेको छ ।
बैठकले सरकारले प्रदान गर्दै आएको सहुलियत पुर्ण कर्जालाइ १०लाख बाट २५लाख पुर्याउँन माग गर्दै अनलाइन सञ्चार माध्यमलाइ पनी लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउँने सरकारको निर्णय तत्काल लागु गर्न माग गरेको छ । बैठकले सिन्धुपाल्चोकको चौतारालाइ पर्यटकीय बिकासका लागी आबश्यक सहयोग गर्न पर्ने लोक कल्याणकारी बिज्ञापनको रोकिएको रकम तत्काल बितरण गर्न पर्ने सरकाले घोषणा गरेको सञ्चार कर्मीहरुलाइ निशुल्क बिमाको व्यवस्था पुर्ण रुपमा कार्यन्वयन हुन पर्ने , निजी सञ्चार माध्ययमलाइ सरकारी बिज्ञापन दिन लगाइएको रोक फुकुवा गर्नु पर्ने लगाएतका रहेका छन ।
बैठक पछी नेपाल पत्रकार महासंघका जिल्ला कार्यसमिती सदस्य नेत्रबहादुर बस्नेतको जन्मदिन तथा लोकप्रिय समाचार दैनिकको स्थपना दिबशका अबसरमा पुर्ब शाखा अध्यक्ष समेत रहनु भएको जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका संयोजक गोबिन्द चौलागाइको सक्रियतामा शुरु गर्न लागीएको शुभजन्मत्सोव पार्क को अबलोकन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४को वडा कार्यलयमा गइ वडा अध्यक्ष उद्धब नेपाल सँग वडाकार्यलयका बिकासका बारेमा अन्तरक्रियात्मक छलफल समेत गरेको थियो ।
सो अबशरमा वडा अध्यक्ष उद्धब नेपालले मायाँको चिनो समेत प्रदान गर्नु भएको थियो । यसअघी जेष्ठ १गते चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा , उप प्रमुख सिता थापा,सँग नगर पालिकाको कार्यलयमा र नेपाल पत्रकार महासघं जिल्ला शाखा सिन्धुपाल्चोकमा समेत सञ्चार कर्मीहरु बिच अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
