नेपाली पर्वतारोही कामीरिता शेर्पाले विश्वको स्र्वौच्च शिखर सगरमाथा ३२ औँ पटक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप अचाईमा पुर्याएका छन् । उनी विश्वभर ‘एभरेष्ट म्यान’ का रपमा परिचित छन् । अभियान आयोजकका अनुसार ५६ वर्षीय कामीरिताले आईतबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन् ।
यससँगै उनले संसारमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नो कििर्तमानलाई अझ बलियो बनाएका छन् । सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी सगरमाथा, केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरु ४५ पटक उक्लिसकेका छन् । उनी हरेक वर्ष आरोही टोलिलाई मार्गदर्शन गर्दै सगरमाथा चढ्दै आएका छन् । उनले एउटै सिजनमा पाँच पटकसम्म पनि सगरमाथा आरोहण गरिसकेका छन् ।
