सम्पर्क

मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा पुर्णिामा को दिन मेला लाग्दै

सञ्जीव तामागं स्याङ्बो,
सिन्धुपाल्चोक जिल्ला अन्तरगत इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर स्थित मुलेमा अवस्थित दारिगौड देवि मन्दिर मा बर्सेनि पुर्णिामा को दिन मेला लाग्दै आएको छ। उक्त देवी को करिब ७ पुस्ता अगाडि देखिनै स्थानीय श्यङ्बो गुठी ले पुर्जा आएको स्थानीय हरुले बताएका छन । स्थानीयको भनाइ अनुसारकरिब १०० यौ वर्ष पहिलो बाजेको पुस्ता चौतारा सागचोक नगरपालिका वाड न २ गौरती बाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जादा आफ्नो घर पालन पशुपन्छी हरुलाइ बिभिन्न रोग लागेर नोक्सानी हुन थालेपछी स्थानीय दुखित भए र आफ्नो बाजे पुस्ता सङ जोखान हेर्दानजिकै एउटा ओडारमा रहेको देवी मान्न पर्ने भनेको ले स्थानीय नजिकै को दारिगौड ओडरमा देवि मानेको र ओडरमा भनेको ले दारिगौड नामकरण गरेको स्थानीय ले बताउछ। दारिगौड देवी लाई हरेक बर्ष पुजा गरे यो सब को अन्त्य हुने र करिब ७ पुस्ता अगाडि देखी नै पुजा गर्दै आएको र अब आउने वर्ष जन जन बैज्ञानिक तरिका पुजा गर्ने स्थानीय बाजे जयबहादुर स्याङ्बो ले बताउँनु भयो ।दारिगौड मेलाको अर्को विशेष के छ भने पहिला देखि नै देवि दर्शन गर्न आउने भक्तजनहरु लाई प्रसादको रूपमा आफुले खाने जस्तैः खट्टे,बदाम,सुन्तला,सखरखण्ड,पिँडालु,तरुल,चिया,रक्सी आदि जस्ता खानेकुरा हरु प्रसादको रूपमा दर्शनथी हरुलाइ दिने गर्दै आएको स्थानीय बताउँदै भक्तजन खुशी भए देवि उसै खुशी हुने स्थानीय कि मान्यता रहेको श्याङ्बो ले बताउँनु भयोृ उँहाका अनुसारस्थानीय आफुहरु थोरै घरले मात्रा देवी पुजा गरेकोमा दुखी छैन। स्थानीय १० घर मिलेर हरेक बर्ष भक्तजनहरुलाइ चियापान देखी प्रसाद गूठी पुजा गर्दा करिब १ घर लाई ५००० हजार ले पनि नपुग्ने देखिन्छ। तर स्थानीय देवी को नाममा यत्ती खर्च हाम्रो लागि थोरै हो। हामी देवी को नाममा जत्ती भागमा आउँछ खर्च गर्न तयार स्थानीय बताउँछ। यति मात्र होइन कि स्थानीय आफै आफ्नो पैसा उठाएर मन्दिर बनाउछ। ७ पुस्ता ले भन्दा पाहिले देखि देवि लाई पुजा गर्दै आएको तर स्थाानीय सरकारले मन्दीर सरक्षणका लागी अहिलेसम्म १ लाख ५० हजार सहयोग गरेको छ ।समय परिवर्तन संगै अहिले स्थानीय ले जात्र बिज्ञान युग ले मनाउदै आएको युवाहरु बताउछ। पहिला पहिला स्थानीय पन्चेबाजा बजाएर जात्रा मनाइने गरेको थियो भने अहिले साउन्ड सिस्टम  साथमा जात्रा मनाउने स्थानीय युवा पदम तामाङले बताउँनु भयो ।