प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शनिबार कांग्रेस सिन्धुपाल्चोकले चौतारामा आयोजना गरेको कार्यक्रममा उहाँले नेता तथा कार्यकर्ताले विपीको मेलमिलापलाई आफ्नो जीवनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारमा नरहे पनी आफुले सरकारमा रहेको जस्तै गरी जिल्लाको बिकासका कामहरु गर्ने समेत बताउँनु भएको छ । आफु केन्द्रीय सदस्य भएको कारण सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा मात्र होइन १ नं. क्षेत्र र देसैभरीका कार्यकर्ताहरुलाई निरास हुन नदिन आफु लागी पर्ने बताउँनु भयो । आफु २ नं. क्षेत्रबाट प्रतिनीधी सभामा प्रतिनिधित्व गरेका कारण यस क्षेत्रमा बढी नै बिकासका कार्यक्रम ल्याउँने बताउँदै उँहाले सरकार रहँदा विकासका कामहरु गर्न सहज हुने हो भन्दै आफुले सरकारमा रहे जस्तै गरी नागरिकको समस्या समाधान गर्न लागी पर्ने भन्दै कार्यकर्ता हरु लाई कुनै निराशा पन नराखी, सबै एक जुट भई काँग्रेसको संगठन अझ बलियो बनाउँन लाग्नको लागि अनुरोध गर्नु भयो । उँहाले जनताको सुख दुःखलाई सम्बोधन गर्न वडा वडामा आउने साथै जनतासँग गरेको बाचालाई पूरा गर्न, आफू लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको आयोजनामा चौतारामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बस्नेतले सिन्धुपाल्चोक जिल्लामा पहिलो पाटी भएको काँगे्रसलाई कसैले हल्लाउँन नसक्ने बताउँदै स्व बिपी कोइरालाको सिद्धान्तलाई बोकेर उँहाको निती अपनाउँदै काँग्रेस अगाडी बढ्ने बताउँनु भयो । उँहाले आफुहरुलाई जनताले दिएको जिम्मेवारी पुरा गर्न वडा वडामा गएर त्यँहाका लागी आवश्यक विकासका कार्यक्रमहरु सहित जनताको समस्या समाधानमा लागी पर्ने बताउँनु भयो । कार्यक्रममा महाधिबेशन प्रतिनिधी पुर्ब सचिब बिल बहादुर तामाङ्ग ले गाउगाउमा रहेका नेपाली काग्रेसका कार्कर्तामाझ जिल्ला स्थित नेताहरु गएर पाटीको वास्तिवकता बताउन पर्ने बताउनु भयो । पुर्ब जिल्ला सभापती श्याम बहादुर श्रेष्ठले मेलमिलाप दिवस मनाउदै गर्दा जिल्लास्थित चन्द्रलाल श्रेष्ठ पक्राउ परेको स्मरण गरदै राजा सहितको प्रजातन्त्र को नाम लियर मेलमिलाप दिवश मनाईएको बताउँदै देशको अस्तित्व रहे मात्र राजनितिदलको अस्तित्व रहने मुलुक बचाउन सके मात्र पाटी बचाउन सकिन्छ भन्ने धारणा राख्नु भयो । यसैगरी नेपाली काँग्रेसका नेता पुर्ब बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीले केन्द्रमा सरकार नभए पनी जिल्ला विकासमा कमी हुन नदीने भएकाले काँग्रेसका साथीहरुसबै एक आपसमा मिलेर जनताको समस्या समधानमा लाग्न पर्ने बताउानु भयो । पाटी सभापती जगं बहादुर लामाले कायृक्रमको सभापतीत्वको आशनबाट बोल्दै जिल्लाका हरेक भात्रु संस्थाहरुलाई समेत सक्रीय गराएर टोलटोका साथीहरुको सक्रियताका साथै टोलटोलमा विकासका कार्यक्रम लिएर उपस्थिती हुने बताउँनु भयो । कार्यक्रममा सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सभा सदस्य मसिना खड्का भन्डारी र कृष्ण कुमार तामाङ समिर जिल्ला उपसभापती टकं कार्की लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
