ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि सिन्धु पाल्चोकले चौतारा साँगाचोकगढीनगर पालिका वडा नं १३ ठुलो सिरुवारीमा व्यवसायीक च्याउ खेती तालीम दिएको छ । ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि चौतारा शाखा द्वारा ब्यवसायिक च्याउ खेती तालीम सप्पन्न गरेको चौतारा शाखाका शाखा प्रबन्धक बालकृष्ण उप्रेतीले जानकारी दिनु भयो । संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गत ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोष अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि सदस्य तथा समाजमा सामाजिक हितका निम्ति विविध कार्यक्रम गरिने बताउदै यस पटक संस्थाले सदस्यहरुलाई सदस्यहरुको सीप बिकास अन्तर्गत ब्यवसायिक च्याउ खेती तालिम सम्पन्न गरेको उप्रेतीले बताउँनुभयो ।
उँहाका अनुसार शनीबार चौ.सा . गढि न .पा १३ स्थित नर्सिङडाडामा आफ्नो कारोवारमा आवद्ध १५ वटा केन्द्रका ५० जना सदस्यहरुलाई ब्यवसायिक च्याउ खेती तालिम दिइएको हो । च्याउ खेती कसरी गर्ने भन्ने बारेमा दिइएको तालीममा चौतारा नगरपालिकाका कृषि प्रशिक्षक रामहारी दाहाल र संस्थाका स्टेशन प्रमुख अम्बिका दङ्गालतथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि . चौतारा शाखाले ब्यवसायिक च्याउ खेती तालीम दिइ स्थानीय स्तरमा उत्पादन मुलक काम गरेको र थोरै लगानीमा धेरै आम्दानी लिन सकीने गरी व्यवसायीक खेतीमा आकर्षण गर्न का लागी स्थानीय नागरिकलाइ प्रोत्साहान दिने काम गरेको तालीममा सहभागी नेत्रज्योती कृषी सहकारी सस्थाका राजेन्द्र बस्नेत ले बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढि न. पा. ५ घले गाउँ मा कार्यलय रहेको उक्त संस्थाले सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढि नगरपालीका १४ वटा वडा र इन्द्रावती गाउँपालिकामा आफ्नो बैंकिङ कारोवार बिस्तार गरेको छ ।महिला केन्द्रित लघु बैंकिङ कारोबार गर्ने उक्त शाखा बाट १६० केन्द्र मार्फत २११६ जना सदस्य लाभान्वित रहेको सस्थाको संस्थाका स्टेशन प्रमुख अम्बिका दङ्गालले जानकारी दिनु भएको छ ।
