सगुन बस्नेत,
नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ ।
यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य रहेको पाइन्छ । 
लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ ।
नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मिति २०७९÷८÷०९ देखि २०७९÷०८÷२४ गते सम्म सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने नाराका साथ मनाइएको छ । यसै बिचचौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ले पनी आइतबार कार्यक्रम गरेको छ ।
वडा अध्यक्ष उद्धव प्रसाद नेपालको प्रमुख अतिथ्यतामाा र नगर महीला सञ्जालका सल्लाहकार अध्यक्ष मिना नेपालको बिशेष अतिथ्यतामा वडा महीला सञ्जालले लैङ्गिक हिंसा न्युनकरणका लागी पुरुषको सहभागीता बिषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा वडाका महीला तथा पुरुषहरुको सहभागीता रहेको थियो ।वडा महीला सञ्जालका अध्यक्ष सिता बस्नेतको सभापतीत्वमा भएको कार्यक्रममा स्वास्थ्य इकाइ प्रमुख निर्जना नेपाल ,डडुवा भवानी शंकर माबीका प्रअ बद्री प्रसाद नेपाल, पुर्ब अध्यक्ष शेरबहादुर श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतीथी नेपालले जव सम्म लैङ्गिक हिंसा हुन नदीनका लागी ब्यत्तीmहरुको प्रतिबद्धता हुँदैन तव सम्म यसको न्युनिकरण गर्न नसकीने भएको हँुदा हरेक ब्यक्तीले यस्तो हिसां आफुले पनी नगर्ने रअरुलाइ पनी गर्न नदीने प्रतिबद्धतालाइ इमान्दारीका साथ लागु गर्न पर्नै बताउँनु भयो ।
