सम्पर्क

कागेश्वरी माबिले मनायो ७० औ वार्षिकोत्सव

पृथ्वीजंग पाण्डे /पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.१ घर्थलीमा रहेको कागेश्वरी माबिले ७० औ वार्षिक उत्सव तथा अभिभावक दिवस सनिवार मनाएको छ।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल ,वडा न ६ का अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा , वडा न १ को वडा अध्यक्ष सिताराम थापा ,शिक्षा शाखा प्रमुख सालिकराम घिमिरे वडा सदस्यहरु, चन्दादाता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विभिन्न बिधामा विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो। गाउँपालिकाको उत्कृष्ट विद्यालय हुन सफल कागेश्वरी माबी मा कार्यरत कार्यलय सहयोगी कसाइ बहादुर गुरुङलाई त्रिपुराको विद्यालयहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यलय सहयोगी को रूपमा लिइन्छ । बिहान् सबेरै देखि बेलुकी अबेर सम्म विद्यालयको काममा खट्टिने गुरुङ अती मिहिनेती ब्याक्तित्व को रूपमा लिइन्छ भने उहाँलाई समेत सम्मानित गरिएको थियो। कार्यक्रम वि व्या स अध्यक्ष रमेश खत्री को अध्यक्षतामा भएको थियो भने पुर्व शिक्षक,चन्दादाता अतिरिक्त क्रियाकलापमा सफलता प्राप्त गर्ने विद्यार्थीहरुलाइ समेत सम्मानित तथा पुरस्कृत गरिएको शिक्षक तेजबहादुर बस्नेत बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक रुद्र पराजुलीले विद्यालयको आय व्यय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बजारमा पाइने खादाको सट्टामा स्थानीय फुलको माला र विद्यार्थीहरुलाइ पुरस्कार दिदा र्यापिङ पेपर को सट्टामा प्रयोगमा आउने झोला प्रदान गरिएको थियो। त्यसैगरी गित संगितमा पनी स्थानीय बाजागाजाको प्रयोग गरिएको थियो । विद्यालयमा हाल कक्षा ११ को पढाइ निशुल्क सुरु भएको छ। भौतिक रूपमा ,शैक्षिक र सरसफाइमा विद्यालय पालिकाको उत्कृष्ट रहेको छ।