सम्पर्क

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई

ईन्द्रावती गाउँपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यमिक विद्यालयले सिपापोखरेले जितेको छ । प्रतियोगितामा दोस्रो हुन सफल श्री ऐसेलुखर्क माध्यमिक विद्यालय भने तेस्रो हुन सफल इन्द्रावती –११ को श्री भिमेश्वरी माध्यमिक विद्यालयले कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामा ,विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम सहित दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाको आयोजनामा शनिवार र आईतबार प्रतियोगिता भएको प्रतियोगितामा पालिका भित्रका बिभिन्न विद्यालयका ९ ओटा विद्यालयले सहभागीता जनाएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले शनिवार उद्घाटन गर्नुभएको थियो भने खेल ऐसेलुखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियो ।