सम्पर्क

पुर्व मन्त्रि उप्रेतीको प्रतिमा बन्दै

एकराज श्रेष्ठ/दोलालघाट

जन्म देखि जिवन्त काल सम्म आफ्नो सोच हरु उधेश्य प्राप्तीको लागि अहोरात्र मिहिनेत गर्ने, आत्मा सन्तुष्टीको लागि निस्वार्थ रुपमा समाजको हितको निमित आफ्नो सम्पुर्ण जीवन जनतामा समर्पण गर्ने कुनै समय काभ्रेको बाघ भनेर चिनिने जिल्लाको राजनिती धरोहर कायम गर्ने निडर ब्यक्तित्वको रुपमा चिनिने पुर्व श्रमराज्य मन्त्रि गोबिन्द नाथ उप्रेतीको जिउदो छदै सम्मान गर्नु पर्छ भन्ने उद्देश्यका साथ प्रतिमा (शालिक) बनाउने अभियान दुलालेश्वर क्लवले चालेको छ । अरनिको यातात प्रा. लि का पुर्व अध्यक्ष एंव संस्थाका सल्लाहकार श्याम ब लामाबाट अभिप्रेरित भई उहाँबाट नै प्राप्त पच्चिस हजारबाट गरिएको शुरुवाती सहयोग हालसम्म दुई लाख भन्दा बढि जम्मा भई सकेको संस्थाका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले संस्थाको २८ औ साधारणसभामा बताउनु भयो ।  
कार्यक्रमको सभापतित्व गर्दै अनुमानित आठलाखमा तयार हुने उक्त प्रतिमाको लागि तीन लाख भन्दा बढि घाटामा रहेको संस्थाले जसरी भएनी पूरा गर्ने प्रतिज्ञा गर्नु भयो । श्रेष्ठले आर्थिक अभावको कारणले एम्बुलेन्स सेवा बाहेक सेवाका सबै कार्यक्रमहरुलाई स्थगित गरेको बताउनु भयो । जसको कारण अहिले दोलालघाटमा फोहोरले प्रदुषण बढ्दै छ ।
कार्यक्रमको उदघाटन गर्दै भुम्लु गाउँ पालिका प्रमुख प्रेम भुजेलले फोहोर ब्यवस्थापनको लागी पहिला आफ्नै घरबाट निस्कने फोहोरलाई वर्गिकृत गरी व्यवस्थापन गरेमा समस्याको समाधान हुने हुदा सोही अनुसार गर्न र क्लवको बिषयमा पनि बहस गरी सहकार्य गर्ने बारेमा बताउनु भयो । इतिहास बोकेको संघर्षशिल ब्यक्तिलाई जिउदो छदै मृत्युपरान्त पश्चात पनि तपाइलाई सम्झि रहन्छौ भन्ने सन्देश दिने उधेश्यले पुर्व मन्त्रिको प्रतिमा बनाउन क्लवले चालेको पाइला अति सराहनिया रहेको विशिष्ट अतिथीको रुपमा रहनु भएका पुर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार खत्रि क्षत्रिले बताउनु भयो । इतिहासलाई केलाएर हेर्दा उत्तम काम गर्ने साझा थलोको रुपमा रहेको संस्थालाइ आर्थिक नाका बन्दी गरि आर्थिक बिहिन गरिने कार्य जुन भई रहेको छ सो कार्य माथी बिचार गरिनु पर्छ आफू पनि स्थानिय सरकार प्रमुख भई सकेको अनुभवलाइ समेट्दै यस्ता संस्थालाई उत्साहित र उत्प्रेरित गराउनु पर्छ जसले स्थानिय सरकारलाई
साथ र सहयोग हुने कुरामा स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउनु भयो । उहाँले १२÷१३ किलोमिटर आशपास घर भएका ब्यक्तिले दोलालघाट घर भन्दा गर्व गर्न पछि नहटि रहेको अवस्थामा यस क्षत्रको पहिचान राख्न यस्ता संस्थाहरुको अव्वल भुमिका हुुुने छ । संस्थाले यस्ता सामाजिक उत्तरदायित्व प्रति जिम्मेवार रहे सामाजिक बिकासको काममा आफु पनि सदैव सकरात्मक रहने बताउनु भयो ।
जिल्ला समंवयन समितीका पुर्व सदस्य एवं प्रवक्ता प्रेम लामाले गुगल आइमा चिलको आखाले हेर्दा पृथ्वीको दश उत्कृष्ट रमणिय स्थान मध्य दोलालघाटको त्रवेणी पनि एक हो भनेर एक ताका अन्तराष्ट्रिय पत्रिकाले छापेको ठाउ ओझेल पर्न लागेकोमा साह्रै चिन्ता ब्यक्त गर्नु भएको थियो । उहाँले भुम्लु गाउँपालिकाको पहिलो द्वारको रुपमा रहेको दोलालघाटको पहिचानको लागि ०७४ को स्थानिय चुनाव पश्चात् पहिलो गाउँ सभाले दुई तिहाइले पारित गरेको भुम्लु गाउँपालिकाको नाम सँंगै दोलालघाटको नाम लेख्ने कार्य विविध कारणले सम्पन्न हुन नसकेको सो कार्य अवका दिनमा सम्पन्न गर्न सके ओझेलमा पर्न आटेको दोलालघाटको पहिचान पुन बिउतिने हुदा यस कार्यमा संघ संंस्था देखि सम्बन्धित सबैले एक रुपताका साथ अगाडि बढ्न आग्रह गर्नु भयो ।
संस्थाको अध्यक्ष अष्ट बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न चुनावी सभामा सबै पदहरुमा निर्बिरोध निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक गोबिन्द प्रसाद पराजुलिले घोषणा गर्नु भएको थियो । दोलालघाट उद्योग बाणिज्य संघका अध्यक्ष एंव संस्थापक अध्यक्षले साधारण सदस्यको स्वत नविकरणको नितीले संस्थालाई आर्थिक भार र त्यस्ता सदस्यबाट संस्था प्रति लिने उत्तर दायित्वमा पनि कमि हुने हुदा यो पद्धतिलाई हटाउनु पर्ने र सदस्यहरुको हकमा पनि क्षत्रगत रुपमा रुपान्तरण गर्नु पर्ने बारेमा जिकिर गर्नु भयो । डाक्टर पास भएका साधारण सदस्य एंव पुर्व अरनिको यातायात प्रा. लिका निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको सो कार्यक्रममा आसपासका विभिन्न संघ संस्था प्रमुख एंव प्रतिनिधिहरुको उपस्थिती रेहको थियो । क्लवमा हाल ६६३ जना साधारण सदस्यहरु रहेका छन् ।