पृथ्वीजंग पाण्डे /बाह्रबिसे
नेपाली काँग्रेसको पुर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापाको पहल र समन्वयमा बाह्रबिसे र त्रिपुरासुन्दरी गाउँ पालिकाको विभिन्न विद्यालयमा न्यानो कपडा ,झोला ,जुत्ता र स्टेशनरी सहिदको छात्रवृत्ति वितरण गर्नुभएको छ । लुथर वेलफेयर एसोसिएसनको सहयोगमा थापाले बाह्रबिसेको क्षमादेवी माध्यमिक विद्यालयमा ७२ जना विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गर्नुभयो । बाह्रबिसेकै बाह्रदेबी आधारभुत विद्यालय,बागेश्वरी आधारभुत विद्यालय, नारायण आधारभुत विद्यालय, किलेश्वरी आधारभुत विद्यालय र बालुवाको गणेश आधारभुत विद्यालयमा गरि कुल ३१० जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो । त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्करमा रहेकोे सेतिदेबी आबिमा अध्ययनरत ३० जना सीमान्तकृत थामी जातीका विद्यार्थीहरुलाइ शुक्रबार समाजसेवी देविराज श्रेष्ठ को समन्वयमा वडा अध्यक्ष टेकबहादुर गुभाजुको उपस्थितमा पोशाक ,झोला र स्टेसनरी सहितको छात्रवृत्ति बितरण गरिएको छ ।
छात्रवृत्ति प्राप्त गरेपछि अभिभावकहरुले खुसी प्रकट गर्दै नेपाली काङ्ग्रेसका पुर्व सभापति थापा प्रती आभारी भएको बताएका छन । केही बर्ष अघि देखि थापाले विद्यार्थी लाई विद्यालयमा निरन्तर उपस्थित हुन र पठनपाठन मा सहजीकरण गर्न छात्रवृत्ति वितरणको थालनी गरिएको बताउनु भयो । यस अघि थापाकै पहलमा स्वस्थ शिविर समेत संचालन गरि विभिन्न बिपन्न परीवारका बिरामीको उपचार समेत सहयोग गर्दै आउनुभएको छ ।
