सम्पर्क

१२ वर्षदेखी फरार अपराधी पक्राउ

भ्रष्टचार मुद्दामा १२ वर्षअघि सजाय सुनाइएका उद्धव राज अर्याल पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ बस्ने वर्ष ४४ वर्षीय अर्याललाई फरार रहेको १२ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो ।
२०६७ मंसिर १४ गतेको फैसलाले भ्रष्टचार मुद्दामा कैद ६ महिना सजाय भई फरार रहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार काठमाण्डौको दक्षिण ढोका स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले कैद असुल उपरका लागी उनलाई जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।