सम्पर्क

सोनाम ल्होछारमा सिन्धुपाल्चोकको तिन स्थानिय तहमा विदा

सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाका लिसँखुपाखर गाउँपालिका, हेलम्बु गाउँपालीका र पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् ।
तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व ३ दिन सार्वजनिक बिदा दिने निर्णंय भएको सम्बन्धीत पालीकाले जनाएका छन् । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ८,९ र १० गते सोनाम ल्होछार मनाउनका लागि भन्दैसार्वजनिक बिदा दिइएको हो । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
पाँचपोखरी थाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका मातहात रहेका पाँचपोखरी प्राथमिक अस्पतालका सबै,स्वास्थ्य चौकि,स्वास्थ्य ईकाईबाट प्रदान गरिदैं आएको अत्यावश्यक सेवा तथा प्रसुती सेवा निरन्तर प्रदान हुने र खाल्डे खोला सुचना केन्द्र खुल्ला रहि सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । सुचनामा गाउँपालिका बासी सम्पुर्णमा ल्होछारको शुभकामना समेत ब्यक्त गरेको छ । गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्था भने ३ दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
ल्होछार १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक रसांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।