सम्पर्क

ज्ञान मन्दिर ४७ औँ वर्षमा

हिरा ठकुरी
चौतारा साँगाचोकगढी नगरपालिका –७ मेलचौरमा रहेको ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालयले ४७ औं बार्षिकोत्सव तथा २७ औँ अविभावक दिवस भब्य रुपमा मनाएको छ ।
वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले गर्नुभएको हो । दुलालले विद्यालयका भौतिक संरचना लगायत अन्य क्षेत्र सुधारका लागि प्रदेश सरकारमार्फत आफ्नो पहलबाट सकेअनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै दुलालले विद्यालयको उन्नति र प्रगतिको लागि आफुले सक्दो पहल गर्ने जानकारी गराउनुभयो । कार्यक्रमका विशेष अतिथी चौतारा नगरका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सिता थापा, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदीले वार्षिकोत्सको सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दँगालको सभापतित्वमा भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यापक पून्य गजुरेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थिहरुको साँस्कृतिक प्रस्तुतिले थप रौनकता थपेको थियो ।वार्षिकउत्सवकै अवसर पारेर विद्यालयको उत्कृष्ट शिक्षकमा चम्पा तामाङ पुरस्कृत हुनुभयो भने विद्यालयका पूर्व प्रधानाध्यापकलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी विद्याबारिधि गरि डाक्टर हुनुभएका विनोद दंगाल, राजकुमार दंगाल र आनन्द तामाङ लाई विशेष सम्मान गरेको थियो ।