सम्पर्क

तिहार शुरु भए सँगै शुभकामना कार्यक्रममा तिब्रता

निर्वाचनको मिती नजिकीदै जँदा सिन्धुपाल्चोक जिल्लाको २वटै निर्वाचन क्षेत्रमा बिभिन्न राजनिती दलका नेता तथा कार्यकर्ताहरु ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेर नागरिकलाइ आफ्नो पक्षमा पार्ने काम भइरहेको छ ।  शुभ दिपावली , नेपाल सम्बत, तथा छठको अबशरमा शुभकामना आदन प्रदान कार्यक्रलाइ तिब्रता दिइरहँदा मेलम्ची नगरपालिकाले जिल्लाका प्रतिस्पर्धी दूइ उम्मेदवार सहीत बिभिन्न राजनिती दल, समाज सेवी बिभिन्न संघ सस्थाहरुलाइ एउटै मञ्चमा राखेर यो कार्यक्रम गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको गठबन्धनका तर्फका उम्मेदवार मोहन बहादुर बस्नेत र नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्ब मन्त्री २ नं क्षेत्र प्रतिनिधी सभाको एमालेका उम्मेदवार शेर बहादुरतामागं नेकपा समाजबादीका भगवती नेपाल लगाएत नेकपा माओबादी केन्द्रका प्रतिनिधी तथा बिभिन्न ब्यक्तीत्वको उपस्थितीमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको हो । मेलम्ची नगरपालिका द्वारा नेपालीहरूको महान चाड शुभ दिपावली, छठ , नेपाल संवत् ११४३, ल्होछार लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, पुर्व सूचना तथा सन्चार मन्त्री, प्रतिनिधि सभा निर्वाचनको लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का उमेदवार मोहन बहादुर बस्नेत क्षेत्र नं २ कै उम्मेदवार पुर्ब मन्त्री एमाले पोलीटब्युरो सदस्य शेर बहादुर तामागं लगाएतले आगामी निर्वाचन शान्ती पुर्ण र धाधलीरहीत तरिकाले सम्पन्न गर्न सबै लागी पर्नु पर्ने बताएका छन । कार्यक्रममा मेलम्ची नगरपालीकाका नगर प्रमुख आइतमान तामागंले नगर बिकासको लागी सबैको सहयोग को आबश्यक रहेको बताउँनु भयो । यसै गरी बाह्रबिसेमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र न,१ प्रदेश सभा क.द्धारा प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन सन्दर्भ सङ्गै शुभ (दिपावली ,नेपाल सम्बत र छ्ठ पर्बको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान चियापान तथा भेटघाट कार्यक्रम गरेको छ कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब भक्तध्वज बोहोरा, गठबन्धनका उम्मेद्वार समेत रहनु भएका नेकपा माओबादीका केन्द्रीय सदस्य माधब सापकोटा सुबोध, नेपाली काग्रेस १ क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेत लगाएतको बिशेष उपस्थितीमा कार्यक्रम भएको थियो । उता सुनकोशी गाँउपालिकाले भने पालिका अध्यक्ष टपिन्द्र तिमिल्सीना सहीतले दैउसी भैलो खेलेर शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।