सम्पर्क

मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडि लाई

 

देवराज सुवेदी,

सिन्धुपाल्चोक, ६कात्तिक

दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला स्तरीय फाइनल तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् । प्रतियाृगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ ,दोश्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन , तेश्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः ३३ हजार ३३३ ,२२ हजार २२२ र ११ हजार १११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । कार्यक्रममा पुरस्कार वितरण गर्दै नगर प्रमुख आइतमान तामाङले सबैखाले खेल क्षेत्रलाई नगरपालिकाले उत्तिकै महत्वका साथ हेरेको बताउँदै सहयोग गर्ने कुरामा कुनै कमि नराख्ने बताउनुभयो । उपप्रमुख उमा प्रधानले खेलक्षेत्रमा महिलाहरुलाई पनि सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले खेलक्षेत्रमा महिलाहरुलाई अगाडि बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने उद्घोष गर्नुभयो । प्रतियोगिा अन्र्तगत शुक्रबार सम्पन्न नगरस्तरीय प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो ,सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडि तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । प्रतियोगिातमा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको नेपालले जानकारी दिनुभयो ।