सम्पर्क

गेल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

सिन्धुपाल्चोक, जेठ  ०५- चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यामिक विद्यालयमा जडान गरिएको आधुनिक आकासीय पानी संकलन तथा शुद्दिकरण प्रणाली को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ। Gravity Water Nepal को  सहयोगमा स्थापना गरिएको उक्त प्रणाली विद्यालय तथा स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पिद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनु सकरात्मक उपलब्धि भएको बताएका थिए । कार्यक्रममा Gravity Water Nepal का प्रतिनिधिहरूले वर्षाका पानी संकलन गरी आधुनिक प्रविधिबाट शुद्दिकरण गरेर प्रयोगमा ल्याइने प्रणालीबारे जानकारी दिएका थिए । “Zero Waste Water Treatment System” नाम दिइएको उक्त प्रविधिले पानीको दिगो व्यवस्थापनसंगै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालयमा जडान गरिएको प्रणालीले विद्यार्थीहरुलाई सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै स्वास्थ्य तथा सरसफाइका सकरात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो। यस अवसरमा पानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ, हात धुने सही तरिका, सुरक्षित खानेपानीको प्रयोग, वातावरणीय सरसफाइ तथा स्वास्थ्य सुरक्षासम्बन्धी व्यवहारिक जानकारी गरिएको थियो। साथै विद्यालयलाई आवश्यक सरसफाइ सामग्रीहरू समेत हस्तान्तरण गरिएको जनाइएको छ । कार्यक्रममा स्वच्छ पानी र सरसफाईको महत्व झल्काउने सन्देशमूलक प्रस्तुुत समेत दिएका थिए । उनीहरुको प्रस्तुतिले कार्यक्रममा थप उत्साह र जनचेतना फैलाउन सहयोग पुगेको थियो । विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर तामाङले विद्यालयमा अत्याधुनिक तथा वातावरणमैत्री खानेपानी प्रणाली जडान गरिदिएकोमा सहयोगी संस्था प्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरुको स्वस्थ्य सुरक्षा र शैक्षिक वातावरुण सुधारमा महत्वपूर्ण योगदान पुर्याएउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रणालीको संरक्षण तथा प्रभावकारी सञ्चालनमा विद्यालय परिवार प्रतिबद्द रहने बताउनुभयो । कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सहयोगी संस्थाका प्रतिनिधिहरुलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो । सहभागीहरुले स्वच्छ खानेपानी र सरसफाइ प्रत्येक बालबालिकाको आधारभूत आवश्यक्ता भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।