सम्पर्क

बाह्रविसे नगरद्धारा गोरु पाल्ने ७ सय ७६ कृषकलाई अनुदान

कृषि क्षेत्र प्रविधिमैत्री बन्दै स्थानिय तहहरुले ट्याक्टर किन्न किसानलाई अनुदान दिईरहेको बेलामा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले भने गोरु पाल्ने ७ सय ७६ कृषकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ का दरले अनुदान दिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई दुई करोड ५० लाख बढी रकम अनुदान दिएको हो । पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गोरु जोतेर कार्यक्रमको उद्धघाटन गर्दै कृषकलाई अनुदान रकम हस्तानन्तरण गर्नु भएको हो । उँहाले रकम हस्तानन्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै रासायनिक मल कोहाहाकार ब्यहोर्नु भन्दा गाइ गोरु पालेर मल उत्पादन पनी हुने खेती पनी हुने भन्दै बर्षमा एक दिन भए पनी सम्झनाका लागी हल तिहार मनाइने गरेको बताउँनु भयो । उँहाले विदेशबाट मल खरिद गर्ने बानी बसेको र माटोले पनी विदेशी मल खोजेको अबस्थामा मल दिने देशले मल बन्द गरिदिने र सोहि देशको खाद्यन्न नेपालले किनेर खान पर्ने बाध्यता बन्दै गएकोले आफ्नै जमिनमा उत्पादन भएका खानेकुरा खाएर काम गर्न पर्ने बताउँनु भयो । पुर्ब मन्त्री बस्नेतले नयाँ प्रबिधि आयो भन्दैमा खानेकुरालाई बिर्सन नहुने भन्दै कृगी उत्पादनमा बाह्रबिसे नगरपालिकाले गरेको कार्यलाई विशेष धन्यबाद दिनु भयो । नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले भौगोलिक अवस्थाको कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरु पाल्ने कृषकलाई अनुदान रकम प्रदान गरिएको र अनुदान लिनको लागि गोरुको अनिवार्य बिमा गरेको हुनुपर्ने ब्यवस्था गरिएको बताउानु भएको छ । यससँँगै हलीको समेत बिमा गरिने भएको छ ।
यसअघि नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर लगायत कृषि औजार समेत प्रदान गर्दै आएको मा हाते ट्याक्टरले मात्र कृषी उत्पादन नहुने देखेर गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याईएको बस्नेतले बताउँनु भयो ।
खेतीयोग्य जमिन बाँझो राख्न नदिने उद्देश्य अनुसार यो कार्यक्रम प्रभावकारी हुने बस्नेतले बताउनु भयो । उहाँका अनुसार बाह्रबिसे नगरपालिकाले आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत किसानलाई मल, बिउ, विषाधि लगाएतमा समेत अनुदान दिदै आएकोे छ । आउँदो बर्ष बाह्रबिसे नगरपालिकामा कोल्डस्टोर (चिस्यानकेन्द्र) निर्माण गरेर किसानलाई आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरप्रमुख बस्नेतले बताउनुभयो । कार्यक्रममा उपप्रमुख मन्जु तामाङले हरेक उत्पादनमुखी काममा नगरपालिकाबाट सहयोग भइरहेको बताउँदै यो प्रोत्साहन कार्यक्रमले उत्पादन मुलक काममा सहयोग पुग्ने बताउँनु भयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नगरपालिकाबाट उत्पादनमुलक कामका लागी हरेक योजनाहरु हुने गरेका र योजाहरुलाई प्रभाबकारी ढगंबाट कार्यन्वयन तर्फ पालिकाका सबै लागी परेको बताउँदै सहभागीहरुलाई धन्यबाद दिनु भएको थियो । वडा नं. १ का वडाअध्यक्ष आङदार्जे शेर्पाले सञ्चालन गर्नु भएको कार्यक्रममा ७७६ हल गोरुलाइ प्रोत्साहन अनुदान दिने बताउँदै सहभागी हल गोरु सहितका लागी रु दशहजारका दरले बितरण गरिएको थियो । कार्यक्रममा ६७ बर्षका कृषक सदानन्द तिमिलिसिनाले गोरु पालेका कारण आफुलाइ खर्च गर्न परेको छैन भन्दै टेक्टरले जोतेको ठाँउमा कमाई कम हुने गोरुले जोतेको ठाँउमा कमाई बढी हुने भएकाले गोरु पाल्न आवश्यक देखेर गोरु पालीरहेको बताउँनु भयो । उहाँले आफूले भैंसी पनी पालेको छु भन्दै नगरपालिकाले लोप हुँदै गएको अबस्थामा यसरी प्रोत्साहन दिने कार्यक्रमले अझ राम्रो भएको र आफुलाइ पनी खुशि लागेको बताउनु भयो । ४८ बर्षका जितमान तामाङले प्रोत्साहन गरेकोमा खुशि लागेको छ । अरुकोमा मेला लाँदा दैनिक दुई हजार लिने गरेको छु भन्दै गोरुले बराबर अरुले गरेको खेती नहुने बताउानु भयो । तामाङले गोरुले जोतेको खेती बढी उब्जनि हुने ट्याक्टरले जोतेको ठाउँमा आधा जस्तो उब्जनि घटेको बताउँनु भयो । ६८ बर्षका किसान पोख प्रसाद नेपालले ट्याक्टरले गगटा खोस्रेको जस्तो भयो त्यसकारण गोरु नै प्रयोग गर्नपर्ने बताउनु भयो । कृषक तथा सामाजीक ब्यक्ती युधिर पौडेलले पालिकाले कृषिलाई प्रोत्साहन हुने काम गरेकोमा धन्यबाद दिदै गाई गोरुले गरेको खेतिले प्रारङ्गिक मल पनि उत्पादन हुने मलको हाहाकार पनि नहुने आम्दानि पनि हुने भएकाले नगरपालिकाले गरेको यो प्रोत्सहानले नगर वासि मात्र होईन सबै कृषकलार्ई नै गोरु पाल्न उत्साहित भएको बताउनु भयो । सहभागी गोरु धनीहरुले ट्याक्टर किन्दा बिग्रीयो भने काम नै बन्द हुने दिनभरी काम गर्नले काम गर्न नपाउँने रोपाइका बेला रोपार, बाउसेले काम नभएर फर्कन पर्ने भएका कारण पनी गोरुकै महत्व बढ्दै आएको बताएका छन ।