सम्पर्क

अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

देवराज सुवेदी सिन्धुपाल्चोक, २८मङ्सिरसिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आजसम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो। हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो रइन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारीदिनुभयो ।विजेतालाई पुरस्कार वितरणगर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुकोपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमाप्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा हेलम्बु गाउँपालिका,मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका गरी ४पालिकाले सहभागिता जनाएको खेल संयोजक एवम् शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीलेजानकारी दिनुभयो ।प्रतियोगितामा पहिलो हुने टिमले१ लाख ११ हजार १११, दोस्रो हुनेले ६५ हजार १११, तेस्रो हुनेले ३५ हजार १११ रचौथो हुनेले १५ हजार १११ नगद तथा सिल्ड प्राप्त गरेका छन् ।