
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु हँुदै जिल्ला सम्मन्वय समितीको भुमिकामा कमी भएको तर नाम बढी भएकाले अधिकार सम्पन्न सम्मन्वय बनाउँन पर्नेमा जोड दिनुभएको थियो ।
बस्नेतले सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण का काम गर्न पर्ने बताउँदै जनताको आबश्यकतालाइ समबोधन गर्न तिनै तहका सरकारको दाइत्व रहेको बताउँनस भयो ।
जिससको हलमा भएको कार्यक्रममा बिशेष अतिथी माधब सापकोटा सुबोधले बिकासका कार्यक्रमहरुको बढी माग भएको बताउँनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेधनिधी खनालले जिल्लाको समस्या समधान गर्न सबै मिलेर लाग्न पर्ने बताउँदै जिल्लाको बिकासका लागी सबै एकै ठाउमा रहेर काम गर्ने गरेकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो। नव निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुतथा प्रदेस सभाका निर्बाचित सदस्यहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बिगत पाँच बर्ष देखी भुक्तानी दिन बाँकी रकम निदीएको हादा तत्काल दिन पर्ने माग गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तब्य जिसस सदस्य बिक्रम तामाङले राख्नु भएको थियो भने निती तथा कार्यक्रम जिसस उपाध्यक्ष पदम नाथ नेपालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिससका सचिवालय सदस्य हेमन्त श्रेष्ठले गर्नुभएको थियो भने जिससका लेखापाल कुशल अधिकारीले जिससको कार्यक्रम बजेट बारेमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले जिससले पालिकाहरुलाई बाकी रहेका बताउँदै रकम भुक्तानी दिन लागेको बताउँदै राष्ट्रियता, राष्ट्र हित एवं स्वाभिमान, लोकतन्त्र र जनजिविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दै नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पु¥याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु भन्नुभयो । संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनिति र कार्यनिति स्पष्ट खाकासहित आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम अवधिक योजनाको प्रभावकारी कार्यन्वयन गरी कृषि, शिक्षा, सञ्चार, यातायात आदि विकासका विविध पक्षहरुमा नतिजामुलक उपलब्घी हाँसिल गर्न पहलकदमी तथा समन्वयकारी भूमिका निर्वाह गर्न हामी सम्पूर्ण निर्वाचित जिल्ला समन्वय समिति पदाधिकारीहरु प्रतिवद्ध छौं भन्नुभयो ।
कार्यक्रममा जिल्लामा रहेका स्थानिय तहका प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष सहित जिल्लाका ६ जना सांसदहरुको उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समितिका लागी संघिय र प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९।८० का लागी १ करोड ४१ लख ९२ हजार खर्च सिमा प्राप्त भएको समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले बताउनुभयो । समन्वय समितिले प्राप्त अनुदान रकमलाई कर्मचारी तलब , महंगी भत्ता, भ्रमण भत्ता , इन्धन ,सवारी मर्मत, अनुगमन र अध्यन भ्रमण जस्ता अनुत्पादनक क्षेत्रमा रकम प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।
आफुहरु निर्वाचित भएर आइसकेपछि जनताका विकास सम्बन्धित अपेक्षा तथा आकांक्षाहरु अत्याधिक प्राप्त भइरहेको छ तर जिल्ला समन्वय समिति विकासे कार्यलय नभएको, स्रोत साधनको कमी भएको हुदाँ जनताका मागहरु सम्बोधन गर्न नसकिरहेको अवस्था छ यथापी उपलब्ध सिमित स्रोत साधनको अघिकतम उपयोग गदै तीनै तहका सरकारहरुसँग समन्वय र सहकार्य गरी आम जनतालाई विकासको प्रतिफल महशुस हुने गरी यस जिल्ला समन्वय समितिले भविष्यमा समन्वयात्मक भूमिका खेल्ने छ भन्दै पाँचौ जिल्ला सभालाई भव्य र सभ्यका साथ सम्पन्न गर्न यहाँहरुको गरिमामय उपस्थितीका लागि हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सभामा जिल्लाका ३ वटा नगरपालिका र ९ वटै गाउँपालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष, जिससका सदस्यहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
