सम्पर्क

बिश्व खाद्यद्धारा दिवा खाजाको बारेमा छलपफल

बिश्व खाद्यद्धारा विद्धालय दिवा खाजाको बारेमा छलपफल भएको छ ।नेपाल सरकारले शिक्षा बिकासका लागी बिभिन्न कार्यक्रम लागु गर्दे आएको छ । यसै सिलसिलामा बिद्यालयमा अध्ययनरत बालबालीकाहरुका लागी दिवा खाजा समेतको ब्यवस्था गरेको छ । यो दिवाखाजा व्यस्थापनका लागी स्थनीय सरकार गठन नहुँदाको अबस्था सम्म सहकारीको माध्ययमबाट खाजा व्यवस्थापन गरिएको थियोे भने अहीले स्थानीय सरकार आफैले गरेका छन ।     यसैसन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा बिद्यालय दिवा खाजा सञ्चालन कसरी सञ्चालित भयका छन र अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । छलफलमा जिल्ला शिक्षा बिकास तथा सम्मन्वय प्रमुख कृष्ण सुवेदी ले खाजा कार्यक्रमलाई अझ प्रभावकारि ढङ्ग ले अगाडी बढाउँन के गर्न सकिन्छ भन्दै बैठकको आयोजना गरेको र यसलाइ स्थानिय स्तरमा नै उत्पादित खाद्यन्न प्रयोग गर्न पर्ने भएकाले यसको लागी कसरी गरिएको छ भन्ने जानकारी लिन र दिनका लागी बैठक महत्वपुर्ण भएको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहका प्रकुख उपप्रमुख, प्रमुख प्रशासकिय प्रमसख शिक्षा शाखा प्रमुख हरुको उपस्थितीमा भएको छलफलमाविद्धालय दिवा खाजा मा सहजिकरण गरिरहेको विश्व खाद्य सङ्गठन बिद्धयालय खाजा ब्यवस्थाकदिपकगौतमले जब सम्म कृषि लाई स्वास्थ र आम्दानी सँग जोड्न सकिँदैन तब सम्म मनाविय िवकास हुन सक्तैन भन्ने मुल बिषयलाई ध्यान दिन पर्ने बताउनु भयो। उहाले स्थानिय स्तरमा हुने कोदो,फापर,मकै, जस्ता उपभोग्य सामाग्रिहरुको व्यवस्थापन गरेर खाजा खुवाउदा पौष्टिक आहार हुने बताउनु भयोउहाले स्थानिय निकायको क्षमता बिकासक लागि कसरी काम गर्ने भन्ने बारेमा केन्द्रित रहको बताउनु भयो ।उहाले वालवालिकालाई कसरी पौष्टिक आहारा खुवाउन सक्छौ कसरी स्वस्थ कर बनाउन सकिन्छ भन्ने बारेमा केन्द्रित रहेर कार्यक्रम गर्ने बताउनु भयो ।बिश्व खाद्य संगठनका रुद्र सुनुवारले कार्यक्रम सञ्चालन गर्नु हँुदै बिद्यालय दिवा खाजा भएको कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो भनै चौतारासाँगाचोकगढी नगरपालीकाका सामाजीक सुरक्षा संयोजक एवम दिवा खाजाका अभियान्ता तथा वडा अध्यक्ष राम प्रसाद गौतमले खाजा प्यवस्थापनमा सहकारीको भुमिका राम्रो भएकाले सहकारी सस्थालाइ नै आफ्नो वडामा ब्यवस्थापनको जिम्मेवारी दिइएको बताउँनु भयो । सभापतित्व भनेजिससका प्रमुख बालकृष्ण श्रेष्ठले गर्नु भयको थियो। सभाको समापन गर्दै जिसस प्रमुख श्रेष्ठले स्थानीय स्तरमा उत्पादीत खाद्यन्नको सदुपयोग गरेर बाबालीकालाइ खाजा खुवाउँदा कृषकलाइ प्रोत्साहन हुने हँुदा सोही अनुसार गर्न पर्ने बताउँनु भयो । यस अघी नेत्रज्योती कृषी सहकारी सस्था लगाएतका सहकारीहरुले हरेक बिद्यालयमा करेसाबारीको निर्माण गर्देै प्रयोगात्मक शिक्षा बिकास गर्न र स्थानीय अभिभावकहरु सँगै आबश्यक खाद्यन्न, तरकारी फलफुल खरिद गरेर खाजाको व्यबस्थापन गरेको थियो त्यसो गर्दा अभिभावकहरुलाइ बाँझो रहेको जग्गामा उत्पादनमुलक काम गर्न हौसला बढ्ने र बाबालीकाले पनी ताजा खाजा खान पाएका थिए ।