ठगि मुद्दामा २४ वर्षअघि सजाय सुनाइएका बृष बहादुर गोले तामाङलाई पक्राउ परेका छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.५ गुन्साका ५५ वर्षीय तामाङलाई फरार रहेको २४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । उनलाई सम्मानित उच्च अदालतको मिति २०५५ असार १० गतेको फैसलाले ठगि मुद्दामा जरिवाना रु.५३४२५।– (त्रिपन्न हजार चार सय पच्चीस) सजाँय भई तोकिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । बिहिबार ११ः०० बजेको समयमा काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा न.४ स्थित माकलवारीबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरी जरिवाना असुल भई बिहिबार नै छुटी गएको बुढाथोकीले बताउनुभयो ।
