इन्द्रावती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नाँक, कान,घाँटी,र आँखा सम्बन्धी आधारभुत विद्यालयका शिक्षकका लागि अभिमुखिकरण कार्यक्रम बिहिबार आयोजना गरिएको छ । आँंखा सम्बन्धी जिल्ला आँखा अस्पताल चौताराका नेत्र सहायक रुपा लुइँटेल र नवलपुर स्वास्थ्य केन्द्रका राजेन्द्रबहादुर लुहारले नाँक, काँन, घाँटी र मुखका बारेमा जानकारी गराउनु भएको थियो । पालिका भित्रका आधारभुत तहमा कार्यरत शिक्षकहरुलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नाक, कान, घाँटी, आँखा र मुख सम्बन्धी समस्याका बारेमा जानकारी गराउने उदेश्यकासाथ कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पशुराम श्रेष्ठले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा २६ बिद्यालयका शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष शोभना तामाङ, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायतले पालिकामा सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउनका लागि लागि परेको बताउँनुभयो ।
