सम्पर्क

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी खेलको फाइनलमा भोताङदेवि र थाङ्पाल भ्याली भिड्ने

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी चाइल्ड रिच फिस्टा २०२२ को उपाधीका लागि श्री भोताङदेवि माध्यमिक विद्यालय र श्री थाङ्पाल भ्याली माध्यमिक विद्यालय  भिड्ने छन् । चाइल्ड रिच नेपालको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा विद्यालयको सहभागिता रहेको भोताङदेविका कोच शिक्षक अजय धितालले जानकारी दिनुभयो ।  फाइनल खेलसँगै जनचेतना मुलक नृत्य,नाटक सहित अन्य कार्यक्रम हुने धितालले जानकारी दिनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यता गाउँपालिकाका अधयक्ष टासि लामाको विशेष आतिथ्य तथा वडा अध्यक्षहरुको उपस्थितिमा हुने कार्यक्रममा छात्र, छात्रा दुवैतर्फको फाइनल प्रतियोगिता हुनेछ । विद्यार्थीहरुले आफ्नो समुदायमा रहेको मनोविज्ञान लाई बुझ्न र एक आपसमा खेलकुदको माध्यमबाट मित्रता कायम गर्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएकोछ । संस्थाले विगत लामो समयदेखि गाउँपालिका भित्रका विद्यालयमा यस्तै प्रतियोगिता तथा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ ।