सम्पर्क

सार्वजनिक जग्गा अतिक्रमण गर्दा स्थानियहरु आक्रोसित

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउपालिका वडा न १ मा सार्वजनिक जाग्गा अतिक्रमण गरी पक्की घर बनाउन लाग्दा स्थानियहरु आक्रोसित भएका छन । त्यहाँ स्थित सञ्चारकर्मी कर्म लामाका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ मा श्री सेती देबी आधारभुत बिद्यालयको कित्ता नम्बर ३५५ को जग्गा अतिक्रमन गरी पक्की घर बनाईएको छ । यसरी घर बनाउने काम भएको स्थानियले वडा कार्यलयमा जानकारि गराउदा समेत वास्था नगरेपछि स्थानिय आक्रोसित भएका हुन । यसरी बनाउन लागेको घरको बिरुद्दमा स्थानियले आवाज उठाई पटक पटक रोक्न लाउन जानकारी दिदा पनि वडा अध्यक्षले अटेर गरी ऊल्टै छिटो छिटो काम सकाउनु भनी आदेश दिएको भन्ने सामाजिक सञ्जालमा पोष्ट भएपछि गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलसँग सम्पर्क गर्दा उँहाले आजैबाट भवन निर्माणमा रोक लगाईएको र उक्त भवन निर्माण भएको जग्गा कसको नाममा छ या अरुको जग्गामा भवन निर्माण गरिएको छ कि छैन तत्काल छानबिन गर्न समेत वडाअध्यक्षलाई निर्देशन दिएको बताउँनुभयो । स्थानियको अनुसार उक्त घर बनाउने घरधनी भर्खरै स्थानिय चुनाव माओबादी बाट उक्त वडामा सदस्य समेत जितेका ब्यक्ति भएकोले यसरी भवन निर्माण गरेको भन्ने बारेमा अध्यक्ष भुजेलले कानुनले कसैलाई अरुको जग्गामा घर बनाउँन छुट छैन भने सदस्यलाई पनि छुट नहुने बताउँदै विद्यालयको नाममा भएको जग्गामा व्यक्तिले घर बनाउन नपाउने बताउनु भयो ।