सम्पर्क

डडुवामा कानुनी शिबीर संञ्चालन

राष्ट निर्माण नेपालले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा एकदिने कानुनी शिबीर सञ्चालन गरेको छ ।  वडाअध्यक्ष उद्धब नेपालको संभापतित्वमा स्थानीय महीला तथा बिभिन्न संघ सस्थाका प्रतिनिधी हरु बिद्यालय शिक्षक तथा सर्बसाधरण हरुको उपस्थितीमा भएको शिबीरमा राष्ट निर्माण नेपालका तर्फबाट अधिबक्ता शान्ता भण्डारीले देवानी संहीता, अपराध सर्हीता, लगाएतका बिषयमा जानकारी दिदै खाश गरी घरेलु हिसाका बारेमा जानकारी दिदै कानुले कसैलाइ पनी छुट दिदैन मैले जानीन माफी पाँउ भन्दैमा कसैलाइ पनी माफी दिन नमील्ने भएकाले कानुन सबैले जान्न उपयुक्त हुँने हँुदा सके सम्म बोल्दा काम गर्दा कानुनी बारेमा जानकारी लिएर गरे राम्रो हुने बताउँनु भयो । यसै गरी अधिबक्ता सुमन न्योैपानेले पारिबारिक हिंसा सामुदयाक हिंसाका बारेमा जानकारी दिदै जुनसुकै हिंसामा पनी चुपलागेर बस्न नहुने सानातिना हिंसा गर्नेले ठुलाठुला अपराध गर्न सक्ने समेत बताउँनु भयो । राष्ट निर्माण नेपालका जिल्ला संयोजक अन्जुकला राइले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा बोल्दै वडाअध्यक्ष नेपालले समय समयमा यसरी कानुनी शिबीर राखेर गाँउघरमा रहेका नागरिकहरुलाइ कानुनका बिषयमा केही मात्रमा जानकारी गराएकोमा आयोजकलाइ बिशेष धन्यबाद दिदै वडा भित्र हुने जुनसुकै घटनाहरु पनी लुकाउँन नहुने लुकाउँदा आफैलाइ समस्या पर्ने भएकाले सानातिना घटनाको पनी ढाकछोप नगर्न वडा बासीलाइ अनुरोध गर्नू भयो । राष्ट निर्माण नेपालको आयोजनामा चौतारासाँगाचोकगढी नगरपालिकाको संयोजनमा भएको कार्यक्रम यस अघी वडा नं १,५,१०, र १३मा गरी सकीएको छ भने शुक्रबार वडा नं १४मा गरिएको हो । जिल्ला संयोजक राइका अनुसार शनीबार वडा नं ८मा गर्ने र पोष ५गते भित्र सबै वडामा शिबीर गरि सक्ने कार्यक्रम रहेको छ ।