रुपक पुरी
गरे के हुदैन । यसको गतिलो उदाहरण बनेका छन्, ईन्द्रावति गाउँपालिकाको गोसाईकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनिहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा ब्यवसायिक रूपमा अदुवा खेति गर्न थालेपछि आम्दानी बढ्न थालेको छ । ईन्द्रावति गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँवस्ति, कुञ्चोक, बाँडेगाउ र भोटसिपाका किसानले अदुवा खेतिलाई नगदेवालिको रूपमा विकास गर्दै लगेका छन् । अदुवावाट हुने आम्दानिले आफ्नो आर्थिक स्तरमा समेत परिवर्तन आएको समुहकी अध्यक्ष जेठिमाया तामाङले बताउनुभयो ।
गाउँपालिकाको सहयोगमा १५ सय किलो अदुवा लगाउनुभएकी चित्रकुमारी खोखाली बजारमा अदुवाको राम्रो माग आएपछी खुसी हुनुहुन्छ । अघिल्लो वर्ष बजार भाउ राम्रो पाएपछि यो वर्ष समुहनै बनाएर ब्यवसायिक रूपमा अदुवा खेति गर्न थालेको उहाँले बताउनुभयो । कोदो, मकै भन्दा दोब्बर फाईदा हुने खोखालिले बताउनुभयो । उहाँका अनुसार उत्पादनभन्दा बजारमा अदुवाको माग बढी रहेको छ । अहिले २९ किसानले ब्यवसायिक रूपमा अदुवा खेती गरिरहेका छन् ।
