सम्पर्क

गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल

गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम गरिएको छ । गुणस्तरीय शिक्षाका लागि स्याउलेमा अन्तरक्रिया छलफल आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजनामा ,सक्रिय किशोर किशोरी समुहसँगको समन्वयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक,अभिभावक,स्थानिय निकायको भुमिका विषयक एक दिने छलफल कार्यक्रम सञ्चालन गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा शुक्रवार कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथी आदिवासी जनजाति महिला उत्थान केन्द्र संस्थाका अध्यक्ष पानमाया तामाङको सभापतित्वमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ, प्रमुख अतिथिको भुमिकामा रहनु भएको थियो । कार्यपालिका सदस्य खिलकुमारी कार्की, वडा सदस्य उमा परियार,कालुमान वि.क, श्री सेती देवी मा.वि का प्र.अ सालिकराम वली, लगायत सक्रिय किशोर किशोरी समुहका संयोजक स्वयमसेवक किशोरी अभिभावकहरुको सहभागिता रहेको थियो । शैक्षिक गुणस्तर विकासका लागि अभिभावक शिक्षक र वालवालिका स्वयमको मुख्य भुमिका रहन्छ,विद्यालय छाडेका वालवालिकाहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमाथि जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष पानमाया तामाङ्गले वताउनुु भयो । गुणस्तरीय शिक्षा भनेको के हो, मानव जीवनमा शिक्षाको महत्व,गुणस्तरीय शिक्षा मानिसको जीवनलाई कसरी सरल,सन्तुष्ट, र सफल वनाउन सकिन्छ ? गुणस्तरीय शिक्षामा शिक्षकको भुमिका के रहन्छ भन्ने विषयमाथि श्री सेतीदेवी मा.वि का प्र.अ शालिकराम वलीबाट सहजिकरण गरिएको थियो । सम्मुनत समाज निमार्णका लागि शिक्षाको ठुलो महत्व रहने र गुण+स्तरको समायोजनबाट मात्र गुणस्तर शिक्षाको उत्पाद हुने,वडा स्तरमा गुणस्तरीय शिक्षा प्रणालीको विकासका लागि वडाले विशेष योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने भनाई वडा अध्यक्ष युवलाल श्रेष्ठले राख्नु भएको थियो । विद्यालय छाडेका वालवालिकाहरुलाई निरन्तर विद्यालय जान प्रोत्साहन स्वरुप श्री सेतीदेवी मा.विमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई संस्थाको तर्फबाट स्टेशनरी,व्याग लगाएतका सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं १ अध्यक्ष युवलाल श्रेष्ठबाट गरिएको आदीबासी जनजाती महिला उत्थान केन्द्रका सुप्रिया श्रेष्ठले जानकारी दिनुभयो ।