मेलम्ची नगरपालिकाले उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित तीनदिने बजार अनुगमन सम्पन्न गरेको छ। नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अनुगमन कार्यक्रममा नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गत २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत मेलम्ची, बाहुनेपाटी, भोटेचौर, तालामाराङ, दुवाचौर, सिन्धुखोला लगायतका प्रमुख बजार क्षेत्रमा सञ्चालित खाद्य पसल, होटल, ग्यास डिलर, बेकरी तथा अन्य व्यवसायहरूको स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा व्यवसायहरूलाई वस्तु तथा सेवाको स्पष्ट रुपमा देख्नेगरी मूल्यसूची अनिवार्य राख्न आग्रह गरिएको छ। बजारमा हने अस्वाभिक मूल्यवृद्दि,उपभोक्ता ठगी, नियन्त्रण उदेश्यले अभियान सञ्चालन गरिएको जनाएको छ । नगरपालिकाले व्यवसायीहरूलाई स्वच्छ व्यापारिक अभ्यास अपनाउन गुणस्तरयि सेवा दिन तथा प्रचलित कानुनी मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ। साथै बजारलाई व्यवस्थित, उत्तरदायी र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा समेत नियमित तथा प्रभावकारी अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले स्पष्ट पारेको छ । कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय तथा सञ्चार क्षेत्रका प्रतिनिधि प्रति मेलम्ची नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।
