सम्पर्क

पत्रकार महासंघ काठमाण्डौ शाखालाइ चौतारामा स्वागत

नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौलाइ सिन्धुपाल्चोकमा भब्य स्वागत गरिएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सिन्धुपाल्चोक आएको जिल्ला कार्यसमिती काठमाण्डौ शाखाका पदाधिकारीहरुलाइ लोकप्रिय समाचार दैनिकको कार्यलय नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकको कार्यलय र चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यलयमा स्वागत गरिएको थियो ।स्वागतको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा काठमाण्डौ शाखाका पूर्ब अध्यक्ष बर्तमान सल्लाहकार सुर्य सुबेदीले पत्रकारिता क्षेत्र सङ्कटमा पर्दै गएका प्रती चिन्ता ब्यक्त गर्नु भयो भने जिल्ला शाखा सिन्धुपाल्चोकका अधयक्ष ध्रुब दङ्गालले पत्रकार महासघं केन्द्रले पत्रकारिताका बारेमा खाशै नेतृत्वदायी भुमिका खेल्न नसकेको हुँदा देसकै ठुलो शाखा भएका कारण काठमाण्डौ शाखाले त्यसको भुमिका निर्बाह गर्नु पर्ने बताउँनु भयो । सो अबशरमा काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालले सबै एक भएर पत्रकारिताको समस्या समधानमा लाग्न पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लामा कार्य क्षेत्र बनाएर काम गरिरहनु भएका काठमाण्डौ शाखाका कार्य समितीका सदस्य नेत्र बहादुर बस्नेतको बिशेष पहलमा सिन्धुपाल्चोक आउँनु भएका पदाधिकारीहरुलाइ चौतारा साँगाचोकगढी नगरपालिकाकाले पनी स्वागत गरेको थियो ।स्वागत गर्दै काठमाण्डौ शाखाकापदाधिकारीहरुलाइ नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले आफु प्रचार प्रसार भन्दा पनी काममा बिश्वास गर्ने भएकाले अरु जस्तो बाहीर नदेखीएता पनी नगरपालिकाले धेरै काम गरेको बताउँनु भयो ।

उँहाले बिशेष गरि दलित अपाङ्ग र ६०बर्ष नाघेका नगरका नागरिकलाइ नगरपालिकाले स्वास्थ्य बिमाका लागी प्रिमीयम तिरिदिने व्यवस्था गरेकोमा केन्द्रीय सरकारद्धारा त्यसमा रोक लगाएकोले दुख ब्यक्त गर्दै स्थानीय सरकारले स्थानीय श्रोत बाटै स्थानीय नागरिकलाइ दिएको सुबिधामा रोक लगाउँदा स्थानीय गरिब असायहरुलाइ मर्का परेको बताउँनु भयो । सो अबशरमा उप प्रमुख सिता थापाले काठमाण्डौ शाखाबाट चौतारा आउँनु भएका कार्यसमितीका पदाधिकारीहरुलाइ बिशेष धन्यबाद दिनु हुँदै नगरका गौरब योजनाहरुका बारेमा जानकारी दिनु भयो । कार्यसमिती सदस्य नेत्रबहादुर बस्नेतको आग्रहमा सिन्धुपाल्चोकमा काठमाण्डौ शाखाको बैठक बसेर सिन्धुपाल्चोकको बिषयमा पनी जानकारी लिन पाएकोमा बस्नेतलाइ बिशेष धन्यबाद दिदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुबेदीले चौतारा साँगाचोकगढी नगरपालिकाको गौरबको योजना मध्यकोबुद्धपार्क ले आफ्नै महत्व बोकेको र यसले सबैलाइ आनन्दीत बनाएको बताउँनु भयो । शाखाका सचिब रमेश कुमार बोहोराले सिन्धुपाल्चोकको एतीहाासिक स्थल गौराती भिमेसनथानमा जाँदा मनै आनन्द भएको बताउँनु हुँदै पत्रकारिता क्षेत्रलाइ व्यवस्थीत र मर्यादित बनाउँनका लागी यो सिन्धुपाल्चोकको बैठकले महत्वपुर्ण भुमिका खेल्ने बताउँनु भयो । नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाकाको बैठक सिन्धुपाल्चोक जिल्लामा बस्ने महासंघका सचिब बोहोराले जानकारी दिनु भयो ।