विन नेपाल लघुिबत्त बित्तिय संस्था लि. ले चौतारामा बितिय साक्षरता कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा नगर शाखाका विभिन्न समूहहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापति समूहका मुना परियार रहनु भएको थियो भने संस्थाका कार्कारि अधिकृत दिपेन्द्र खतिवडा प्रमुख अतिथी र वडा अध्यक्ष शिव श्रेष्ठ को बिशेष अतिथ्यतामा भएको थियो । केन्द्र प्रमुख गोष्टी तथा बित्तिय साक्षरता कार्यक्रममा जिल्लाका विभिन्न ब्यक्तित्वहरुको उपिस्थति रहेको थियो विशेष गरि आर्थिक अनुशासन का बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको स्वागत मन्तब्य भिमसेन माझिले राख्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी दिपेन्द्र खतिवडाले नेपालमा ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको बताउँनु भयो ।
कार्यक्रममा बिशेष अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठले सहकारी सस्थाहरुले बचत गर्ने काम गरेका र उक्त बचतलाइ सही ढङ्गबाट परिचालन गर्न नसक्दा आँफै सङ्कटमा पर्न थालेको बताउँदै चौतारामा मात्रै करोडौ रकम हिनामिना भएको उल्लेख गर्नु भयो । उहाँले लघुबित्तहरुबाट पनी के कामका लागी कर्जा लगेको हो सोही काममा लगानी गरेर प्रतिफल लिन र पारदर्सीताका आधारमा काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतले बिशेष गरी लघुबित्त हरु सहकारी तथा बैङ्कहरुले गरेको लगानी सही समयमा उठ्ने गरेको खण्डमा सङ्कट नआउँने तर समुहगत जमानीमा लगीएको कर्जा एकजनाले नतीर्दा सयौको बचत जोखीममा पर्न जाने भएकाले कर्जा लानेहरुले समयमा नै तिर्ने बानी गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा शाखा प्रमुख पुजा मिश्रले चौतारासाँगाचोकगढी नगरपालिका र इन्द्रवाती गाँउपालिकामा शाखा रहेको जानकारी दिँदै संस्थाको सदस्य संख्या ९३५ रहेको र कर्जा मात्र १७१जनाले लगेको बताउँनु भयो । जम्मा चालीस करोड उनान्सत्तरी लाख अठहत्तर हजार पाँच शय रुपैया कर्जा लगानी भएको मध्य सैतीस करोड एघार लाख अठहत्तर हजार नौ शय उठी सकेको र अब बजारमा तिन करोड अन्ठाउन्न लाख पन्चानब्बृे हजार छशय रुपैया उठाउँन बााकी रहेको बताउँनु भयो । उहाँले यस अबधीमा करिब १करोड ५४लाख ४२हजार ६शय निक्षेप सङ्कलन भएको जानकारी दिनु भयो । कार्यक्रममा शाखा प्रमुख मिश्रले हरेक बर्षमा एसइइ टप तिन जना बिद्यार्थीहरुलाइ प्रोत्साहन भत्ता २ लाइ बालपोषणका लागी सुत्केरी भत्ता र कर्जा लाने सदस्यको कुनै कारण निधन भएको खण्डमा लगेको कर्जा समेत मिनाह गर्ने कार्यक्रम गरिरहेको जानकारी दिनु भयो ।
