सिन्धुपाल्चोक जिल्ला नेपाल बार एशोसियशन जिल्ला बार ईकाइको ३५ औं साधारण सभा शनिवार चौतारामा सम्पन्न भएको छ । जिल्ला न्यायाधीस रिताकुमारी बख्रेलको प्रमुख अतिथ्यतामा उद्घाटन गर्नु भएको हो ।
जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङको सभापतपत्वमा सम्पन्न सभाले बारका सचिव नानि लक्ष्मी थापा द्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमकुमार श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्वतले पास गरेको छ ।सभालाई सम्वोधन गर्दै जिल्ला न्यायाधिस बख्रेलले न्याय सम्पादन प्रकृया पुरा गर्न तथा पीडितरुले न्याय पाउन कानून व्यवसायीहरुको ठुलो भुमिका रहने बताउनु भयो । बार र बेन्च विचको सुमधुर सम्वन्धले मात्रै न्यायिक प्रकृया छिटो र सहज रुपले सम्पन्न हुने न्यायाधीश बख्रेलको भनाइलाई थियो ।पीडित न्याय माग्न अदालत भन्दा पहिला कानून व्यवसायीकोमा आउने प्रावधान रहेकाले सहि सल्लाह र सहज र छिटो प्रकृयामा लान आग्रह गर्नु भयो । सभामा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला अदालतका श्रेस्तेदार रमेश बहादुर कुवर, जिल्ला न्यायाधिवक्ता भगवती देवी गौतम, जिल्ला प्रहरी प्रमुख काजि कुमार अधिकारी, जिल्ला बारका संस्थापक अध्यक्ष रोहिणीराज जोशी र नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्र तिमिल्सिना लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।उक्त अवसरमा नव प्रवेशी कानून व्यवसायी गोमा घले र माधव प्रसाद ढकाललाई स्वागत गरिएको थियो ।
जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष सुरज ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो । सभा बार इकाइको सभाहलमा भएको हो ।
